अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी : प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी : प्रधानमन्त्री ओली


२९ चैत्र २०७४, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन् ।

नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ती सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए ।

‘देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताएका छन् । ओलीले लामो अस्थिरता पछि देश स्थायित्व तर्फ अग्रसर भएको बताएका छन् । स्थायीत्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको उनले बताए । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा छौं’, प्रधानमन्त्री ओलीले भने, ‘तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउँदै आएकोमा प्रशंशा गरे । नेपाली सेनाले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस