अल्जेरियामा सैन्य विमान दुर्घटना, कम्तिमा सयको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अल्जेरियामा सैन्य विमान दुर्घटना, कम्तिमा सयको मृत्यु


२८ चैत्र २०७४, बुधबार


अल्जेरिया । अल्जेरियामा एक सैन्य विमान दुर्घटना ग्रस्त भएको छ । अल्जेरियाको बुफारिक सैन्य शिविरबाट उड्नेबित्तिकै इल्युसिन आइआइ–७८ विमान
दुर्घटना ग्रस्त हुन पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा पनि एक सयभन्दा बढी मानिसको मृत्यु भएको अल्जेरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही रिपोर्टहरुमा विमानमा करिब २ सय सैनिक सवार रहेको बताइएको छ।

दुर्घटनापछि धुवाँको मुस्लो उडेको तस्वीर अल्जेरियाली सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्। थप विवरण आउन बाँकी छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस