लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


२८ चैत्र २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१.१६औँ राष्ट्रिय ज्योतिष तथा वास्तु सममेलन कहिले र कहाँ आयोजना गरियो ?

-वि.सं. २०७४ चैत २३ २४, बुटवल

२.पर्सा जिल्लाको अलौमा रहेकको एकीकृत जाँच चौकी (आईसीपी) विधिवत रुपमा कहिले देखि सञ्चालनमा आएको हो ?

-वि.सं. २०७४ चैत २४ (सन् २०१८ अप्रिल ७) (भारत सरकारको सहयोगमा रु.२ अर्ब लागतमा निर्मित सो आईसीपी अलौ र सिर्सियाका ११५ बिघा क्षेत्रफलमा फैलिएको)

३.प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराद्धारा प्रदेशको आर्थिक अवस्थाको चित्रण गर्दै ७७ बुँदे श्वेत पत्र कहिले प्रस्तुत गरियो ?

-वि.सं. २०७४ चैत २५

४.“एउटा न्यानो र मिठा हाँसो दया र करुणको अन्तर्राष्ट्रिय भाषा हो” भन्ने विचारक को हुन् ?

-विलियम अर्थर वार्ड, अमेरिकी लेखक

५.भूपरिवेष्ठित अल्पविकसित मुलुकको बृहत्तर हित र सहकार्य एवम् अध्ययन अनुसन्धानका लागि राष्ट्रसङ्घ अन्तर्गतको थिङ्क ट्याङ्कमा नेपाल सदस्य हुने बिषय संसद्बाट कहिले पारित हो ?

-वि.सं.२०७४ साउन २२
नेपाल १० औँ सदस्य राष्ट्र बनेको । यसको सचिवालय मङ्गोलियामा रहेको ।)

६. चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?

-वि.सं. २०७४ जेठ ४ ( नारा : चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई )

७. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

-सन् १९९८
-संयुक्त राष्ट्रसङ्घको पहिलो महासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८ २००६) हुन् ।
-हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिन जे.मोहम्मद रहेका ।

८. हिम चितुवालाई लोपोन्मुख जनावरको सूचीबाट हटाएर संरक्षित जनावरका रुपमा कहिले वर्गीकरण गरिएको हो ?

-सन् २०१७ सेप्टेम्बर

९.रानाथारु सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?

-कञ्चनपुरको बेलौरी

१०. चीनद्धारा अघि सारिएको वान् बेल्ट वान् रोड (ओबीओआर) समझदारी पत्रमा नेपालले कहिले हस्ताक्षर गरेको हो ?

-वि.सं. २०७४ वैशााख २९ (सन् २०१७ मे १२)

विषयगत प्रश्नोत्तर

निजामती सेवामा वृत्ति विकास भनेको केहो ?

पेसा, व्यवसाय, इलम, नोकरी आदि जस्ता कुनैै पनि कामलाई वृत्ति भनिन्छ । यही वृत्तिको प्रगति एवम् उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेसाको बढोत्तरी हो, पेसामा हुने सकारात्मक गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बा, शाखा अधिकृत पदमा बढुवा हुने कार्य र समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य वृत्ति विकासको उदाहरण हो । बढुवा, उपयुक्त स्थानमा सरुवा, पदस्थापन, तलब भत्ता, थप शैक्षिक अवसर, तालिम, अध्ययन भ्रमण आदि वृत्ति विकासका महत्वपूर्ण पक्ष हुन् । वृत्ति विकास ठाडो समतल वा दुबै हुन सक्छ । नेपालकको निजामती सेवामा वृत्ति विकासलाई व्यवस्थित गर्न निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० लागू गरिएको छ, सामान्य प्रशासन मन्त्रालय, सम्बन्धित मन्त्रालय, लोकसेवा आयोग, विभिन्न तालिम केन्द्र क्रियाशील छन् र पनि नेपालको निजामती सेवामा वृत्ति विकासको अवस्था सन्तोषजनक नभएको अवस्था छ ।

२.कर्मचारी प्रशासनमा अवकाशका उदेश्य केके हुन् ? लेख्नुहोस् ।

-शरीरिक अवस्था कमजोर भएका, कार्यक्षमता ह्रास भएका तथा सीमित ज्ञान, सीप भएका पुराना परम्परागत कर्मचारीलाई सङ्गठनबाट अलग गर्नु,
-उमेर पुगेका पुराना वृद्ध कर्मचारीलाई सेवा सुविधा सहित घरमा आराम गर्ने मौका प्रदान गर्नु,
-सङ्गठनभित्र भएका अनुभवी एवम् योग्य कर्मचारीलाई बढुवाको अवसर प्रदान गर्नु,
-नयाँ ज्ञान, सीप क्षमता भएका उर्जावान् युवा कर्मचारीलाई सङ्गठनमा आकर्षित गर्नु,
-सङ्गठनमा आधुनिक प्रविधि, नयाँ ज्ञान, सीप भित्र्याउनु,
-सेवानिवृत्त अनुभवी कर्मचारीलाई समाज सेवाको कार्यमा उन्मुख गराउनु,
-अनावश्यक कर्मचारीलाई सङ्गठनबाट हटाई सङ्गठनको आर्थिक दायित्व कम गर्नु,
-अनुशासनहीन कर्मचारीलाई विभागीय सजाय गरी सङ्गठनबाट छुटकारा दिनु,
-सङ्गठनमा कर्मचारीको सङख्या् च्ष्नजत क्ष्शष्लन गर्नु, इखभच क्तबााष्लन को समस्या समाधान गर्नु,
-सङ्गठनलाई चुस्त दुरुस्त बनाउनु,

३. सार्वजनिक नीति कार्यान्वयनमा प्रशासनको भूमिकाबारे चर्चा गर्नुोस् ।

तर्जुमा भएको नीतिलाई व्यवहारमा रुपान्तरण गर्ने कार्य नीति कार्यान्वयन हो । नीतिको निष्पक्ष कार्यान्वयन गर्नु प्रशासनको प्रमुख कार्य हो । नीति निष्पक्ष एवम् प्रभावकारी कार्यान्वयनबाट सरकार र जनता बीचको अन्तर सम्बन्ध थप गतिशील,फलदायी सकारात्मक हुने गर्दछ । समग्रमा नीति कार्यान्वयन गर्ने र उक्त नीतिको अनुगमन गर्ने जस्ता कार्यमा प्रशासनले निम्नानुसार भुमिका खेलेको हुन्छ :

-सूचक सहितको कार्ययोजना बनाइ लागू गर्ने,
-स्रोत साधन, संयन्त्र तथा स्पष्ट कार्यविधिको व्यवस्था गर्ने, कार्यस्थलमा समयमै बजेट पुर्याउने,
-जिम्मेवारी बाँडफाँड गर्ने,
-नीतिको तर्जुमा देखि कार्यान्वयन तहसम्म सरोकारवालाको सक्रिय सहभागिता गराउने ,
-नीति तर्जुमा र कार्यान्वयनमा रहेका बाधा अवरोध हटाउने,
-कार्यान्वयन निकाय बीच कार्यगत समन्वय कायम गर्ने,
-सूचक तयार गरी कार्यान्वयन अवस्थाको निरन्तर अनुगमन गर्ने,
-नीति कार्यान्वयनको प्रगति प्रतिवेदन तयार गर्ने, सुझाव दिने ।

शान्ति सुरक्षा विकास लगायतका समग्र विषयमा सरकारले के गर्ने र के नगर्ने भन्ने बारेमा लिइएको निर्णय सार्वजनिक नीति हो । सार्वजनिक नीति राज्य सञ्चालनको आधारभूत मार्गदर्शन हो । यो सरकारले जनताप्रति गरेको सार्वजनिक घोषणा हो, जनताप्रतिको प्रतिबद्धता हो । सार्वजनिक नीति सरकारले तर्जुमा गर्दछ र प्रशासनले त्यसको कार्यान्वयन गर्दछ । प्रशासन सरकारले तर्जुमा गरेको नीति निष्पक्ष कार्यान्वयन गर्ने संयन्त्र भए पनि जनमुखी नीति निर्माणदेखि त्यसको प्रभावकारी कार्यान्वयनमा यसको बहुआयामिक भूमिका हुन्छ ।

४. नेपालको संविधानले राजनीतिक तथा शासन व्यवस्था सम्बन्धीे कस्तो नीति अङ्गीकार गरेको छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ५१ (ख) बमोजिम राज्यले राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी देहाय अनुसारको नीति अङ्गीकार गरेको छ :

–राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्ने,
–आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने, मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने, विधिको शासन कायम राख्ने,
–नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन गर्ने,
–सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउने ,
–राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने,
–आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यवसायिक बनाउन आवश्यक व्यवस्था गर्ने,
–सङ्घीय एकाइबीच जिम्मेवारी, स्रोतसाधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्म सम्बन्धको विकास र विस्तार गर्ने,

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस