आगलागीबाट रु १५ लाखको क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आगलागीबाट रु १५ लाखको क्षति


२७ चैत्र २०७४, मंगलबार


इलाम । इलाम नगरपालिका– ९ गोलाखर्कमा आज भएको आगलागीबाट १५ लाख बराबरको धनमाल क्षति भएको छ ।

स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ ।

इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्वारा आगो लागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भण्डारीको ढुङ्गामाटोले बनेको दुईतले घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सामग्री समेत जलेर नष्ट भएको छ । घर जलेपछि भण्डारी परिवारको बिचल्लीमा भएको छ । रासस

प्रतिक्रिया दिनुहोस