जनयुद्धमा कुरा मिल्यो,सूर्य चिह्न माओवादीलाई मान्य नहुने ! « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

जनयुद्धमा कुरा मिल्यो,सूर्य चिह्न माओवादीलाई मान्य नहुने !


२५ चैत्र २०७४, आइतबार


काठमाडौ‌ं । माओवादी केन्द्रले एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने स्पष्ट पारेको छ।

अध्यक्ष दाहालले एकीकृत पार्टीको सूर्य चिन्हमा सहमति हुन नसक्ने बताएका छन्।

दाहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन्। ‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेश जस्तो हुन्छ, दाहालको भनाई उद्धृत गदै एक सहभागीले भने, ‘विगतमा एमालेले पनि सूर्यभत्र हँसिया हथौडा राखेकै हो, झन्डाहरुमा सूर्यभित्र हँसिया हथौथा राखेर प्रयोग पनि गरेकै हुन्, त्यसैले उहाँहरुले सूर्यभित्र हँसिया हथौडा राख्ने विषयमा सहमति जनाउनुहुन्छ जस्तो लाग्दैन, अब चाँडै नै एकताको खाकामा अन्तिम सहमति हुन्छ।’

दाहालले जनयुद्धको विषयमा भने कुरा मिलेको बताएका थिए। जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जनाएका थिए। आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस