सलमानलाई पाँच वर्ष जेल सजाय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सलमानलाई पाँच वर्ष जेल सजाय


२२ चैत्र २०७४, बिहिबार


भारतका चर्चित अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजाय तोकिएको छ ।

आजभन्दा २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा भारतको एक अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकेको हो ।

एक फिल्मको छायाँकनका क्रममा राजस्थानमा दुइ कृष्णसारको सिकार गरेको आरोप लागेका खानलाई जोधपुर अदालतले १० हजार रुपैयाँ जरिवानासहित कैद सजाय सुनाएको हो ।

यसअघि गाडि दुर्घटनामा एक व्यक्तिको हत्या आरोपमा निर्दोष ठहरिएका ५२ वर्षिया खान जोधपुर अदालतको फैसलाविरुद्ध पुनरावेदन दिनसक्ने भएपनि केही दिन भने जेलमै बस्नुपर्ने अधिकारीले वताएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस