ठगी धन्दालाई प्रश्रय दिन महानिर्देशकको सरुवा ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ठगी धन्दालाई प्रश्रय दिन महानिर्देशकको सरुवा !


प्रशासन विशेष ब्युरो

२२ चैत्र २०७४, बिहिबार


काठमाडौ । पछिल्लो समय बजार अनुगमन कार्यलाई तीव्रता दिएर ठूला व्यवसायिक घराना र व्यापारीको कालोबजारी तथा ठगीको धन्दा बाहिर ल्याएको बेला आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको सरुवा गरिएको छ।

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन भएपछि माथिल्लो तहका कर्मचारीको सरुवा गरिएको यो पहिलोपटक हो।

विभागले अनुगमन तथा कारबाहीको कार्यलाई रोक्न सरकारलाई दबाब दिँदै आएका थिए। व्यापारीकै दबाबमा एक महिनादेखि बजार अनुगमन रोकेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्ततः विभागका महानिर्देशकलाई नै सरुवा गराएका छन्।

विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य, शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स, सिमेन्ट, छडलगायत क्षेत्रका ठूला ब्यापारिक घरानाको ठगी तथा कालोबजजारीका दुई दर्जन बढी मुद्दामा कारबाही प्रक्रिया अघि बढाईसकेको छ। आजको नेपाल समाचार पत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस