छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ


२१ चैत्र २०७४, बुधबार


लमजुङ । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा चलाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस