टुरिष्ट बसमा रक्त चन्दन बरामद, दुई जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टुरिष्ट बसमा रक्त चन्दन बरामद, दुई जना पक्राउ


२१ चैत्र २०७४, बुधबार


काठमाडौं । काठमाडौं दिल्ली चल्ने टुरिष्ट बसमा अवैध सामान ओसार पसार भइरहेको सूचनाका आधारमा प्रहरीले एक बसलाई नियन्त्रणमा लिएको छ । रक्त चन्दन र अवैध सामान लुकाई छिपाई राजस्व छलि काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नं. को टुरिष्ट बसलाई बुधबार महानगरीय परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त बसमा रक्त चन्दन १० किलो ७७५ ग्राम, रक्त चन्दनबाट मालामा प्रयोग गर्न वनाएको गेडा १३०२ दाना, कुर्था टप्स २९८८ पिस, कुर्था सुरुवाल ६० पिस, सिल्क साडी १४३ पिस, सिल्क बनारसी साडी ६४ पिस, सिफन साडी ६९ पिस, लेडिज सेन्डिल १८ जोडी, जेन्स सर्ट २१० पिस बरामद गरेको छ । यस्तै विजुलिका सामान वोर्ड कभर १० पिस रहेको २० वट्टा, थ्री प्लक १० पिस रहेको ४० वट्टा, फोर प्लक सकेट ५ पिस रहेको १० वट्टा, टु प्ल २० पिस रहेको ८ वट्टा, स्विच २० पिस रहेको ४० वट्टा बरामद भएको प्रहरीले जनाएको छ ।

वरामद रक्त चन्दन आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ । प्रहरी काभ्रे घर भई काठमाडौं नैकाप बस्दैआएका गाडी चालक झिल्केमान रुम्वा र वुटवल घर भई नैकाप वस्ने सहचालक सुजन पुनलाई पक्राउ गर्न पनि सफल भएको छ । सवारी धनि भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस