आसन्न भारत भ्रमण, सद्भावना भ्रमण : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आसन्न भारत भ्रमण, सद्भावना भ्रमण : प्रधानमन्त्री ओली


२१ चैत्र २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण हुने बताएका छन् ।

बुधबार बिहान बालुवटारमा पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने बताए । ‘यसपालीको भ्रमणमा कुनै सन्धी समझौता हुदैनन् । देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड दिइने छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस