लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


२१ चैत्र २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

 

१.नेक्स मोडलद्धारा राजधानीमा आयोजित ‘मिस नेपाल पिस’ को उपाधि जित्ने युवती को हुन् ?

श्रीया रजक

(प्रतियोगितामा सुस्मिता बोगटी फस्ट रनर अप र जिना श्रेष्ठ सेकेन्ड रनर अप भएका । )

२. नेपाल सरकार (कार्य विभाजन) नियमावली , २०७४ को पहिलो संशोधन अनुसार नेपालमा कति मन्त्रालय कायम गरिएका छन् ?

२१

(बि.स.२०७४ चैत्र १ मा राजपत्रमा प्राशित)

१. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
२. अर्थ मन्त्रालय
३. उद्योग वाणिज्य तथा आपूर्ति
४. उर्जा, जलश्रोत तथा सिँचाइ
५. कानून, न्याय तथा ससदीय मामिला
६. कृषि भूमी व्यवस्था तथा सहकारी
७.गृह
८.परराष्ट्र
९. भौतिक पूर्वाधार तथा यातायात
१०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक
११.रक्षा
१२.वन तथा वातावरण
१३.सहरी विकास
१४. शिक्षा,विज्ञान ताथा प्रविधि
१५. श्रम,रोजगार तथा सामाजिकक सुरक्षा
१६. संस्कृति,पर्यटन ताथा नागरिक उड्डयन
१७.सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८.सञ्चार तथा सूचना प्रविधि
१९.स्वास्थ्यतथा जनसंख्या
२०.खानेपानी
२१. युवा तथा खेलकुद

३.कर्मचारी समायोजन नियमावल, २०७४ कहिलेदेखि लागू भएको हो ?

वि.स. २०७४ फागुन २८

४. सैनिक प्राड सेवा नियमावली, २०७४ अनुसार सैनिक प्राड सेवा भन्नाले के बुझिन्छ ?

नेपाली सेनामा कानून तथा न्यायसँग सम्दन्धित कार्य सम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा

५.नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरुको सम्पर्क र समन्वय सम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ?

गृह

६.२०७४ सालको नइ देरुनिखअन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन् ?

जर्मनीका प्रा.डा.मानफ्रेद गेरहार्ड थ्रोइ
(त्यसैगरी, नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कारबाट भगवती बस्नेत (इजरायल) सम्मानित भएकी )

७. म्यानमारमा सन् २०१८ मार्चमा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी हुने राजनीतिकर्मी को हुन् ?

ए विन मिन्त

( सन् २०१८ मार्च २८ मा म्यानमारको युनियन संसद्मा भएको मतदानमा कुल ६३६ सांसदमध्ये ४०३ मतका साथ मिन्त राष्ट्रपति चयन भएका । उनी नेतृ आङसान सुकीका विश्वासपात्र मानिने ।)

८. अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा ‘देशको आर्थिक स्थितिको श्वेतपत्र’ कहिले सार्वजनिक गरियो ?

वि.स. २०७४ चैत्र १६

(९ बुँदे श्वेत पत्र)

९. गृह प्रशासन सुधार कार्ययोजना, २०७४ कहिले सार्वजनिक गरिएको हो ?

वि.स. २०७४ चैत्र १९
(गृहमन्त्री रामबहादुर थापा ‘बादल’ द्धारा चैत्र १९ मा र्गह प्रशासन सुधार सम्बन्धी ८२ बुँदे कार्ययोजना सार्वजनिक गरिएको ।)

१०.वि.स. २०७४ चैत्र २० मा मनाइएो ६१ औँ राष्ट्रिय सहकारी दिवसको नारा के रहेको छ ?

दिगो विकास लक्ष्य प्राप्तिा लागि सहकारी
(वि.स. २०१३ चैत्र २० गते वखान ऋण सहकारी समितिको स्थापना भई नेपालमा सहकारी आन्दोलनको सुरुवात भएको ऐतिहासिक दिनलाक्षर्् स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते मुलुकभर राष्ट्रिय सहकारी दिवस मनाइदै आएको ।)

विषयगत प्रश्नोत्तर

निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण

१. नेपालको संविधानबमोजिम राज्यको राजनीतिक उदेश्य के रहेको छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ५० (१) बमोजिम रमज्यो राजनैतिक उदेश्य देहायअनुसार रहेको छ :

– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिकक अखण्डता र स्वाधिनतालाई सर्वोपरि राख्ने,
– नगरिको जीऊ,धन , समानता र स्वतन्त्रताको संरक्षण गर्ने,
– कनुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्ने ,
– लेक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने,
– परस्पर सहयोगमा आधारित सङ्घीयताका आधारमा सङ्घीय इकाइहरु बीचको सम्बन्ध सञ्चालन गर्ने,
– स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने,
– लेकतान्त्रिक अधिकारको उपभाृग गर्न पाउने अवस्था सुनिश्चित गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने ।

२.सार्वजनिक सेवा प्रवाहमा सेवाग्रहीको अधिकार मात्र होइन, दायित्व पनि हुन्छ । आफ्नो धारणा राख्नुहोस् ।

सरकारले उपलब्ध गराउने सबै सेवा सुविधा सार्ववनिक सेवा हुन् । सरकारले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्ने सर्वसाधारण नागरिक सेवाग्राही हुन् । सार्वजनिक सेवा प्रवाहमा सेवा ग्राहीका अधिकार धेरै हुन्छन् । तोकिएको समयभित्रै गेणस्तरीय सेवा प्राप्त गर्न , सम्मानजनक व्यवहार प्राप्त गर्न, स्वास्थ्य एवं सम्पत्तिलाई हानिनोक्सानी गर्ने वस्तु तथा सेवाबाट सुरक्षित हुन पाउने, वस्तु तथा सेवा छनोट गर्न पाउने, उपभोक्ता शिक्षा पाउने, आधारभूत आवश्यकतामा सहजै पहुँच पाउनेलगायतका अधिकार सेवाग्राहीले प्राप्त गर्छन् ।सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकारले उनिहरुले राज्यबाट पाउने हक स्थापित हुने कुरालाई जनाउँछ । भने दायित्वले सार्वजनिकक सेवा प्रवाहमा सेवाग्राहीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाह गर्नुपर्ने कर्तव्य जस्ता कुरालाई जनाउँदछ । नेपालले संविधानको धारा ४८ ले नागरिकका कर्तव्यको रुपमा लिन सकिन्छ ।संविधानले गरेको व्यवस्थासहित सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको दायित्वलाई निम्नानुसा उल्लेख गर्न सकिन्छ :

– राष्ट्रप्रति निष्ठावान रहने ,
– नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने,
– संविधान र कानूनको पालना गर्ने,
– राज्यले चाहेका वखत अनिवार्य सेवा गर्ने
– सार्वजनिक सम्पत्तिकको सुरक्षा र संरक्षण गर्ने,
– आफ्नो अधिकार र दायित्वप्रति सदा सचेत रहने
– संविधान, ऐन नियमबारे जानकारी राख्ने, कानूनी शासनको सम्मान गर्ने,
– अन्य सेवाग्राहीको अधिकारको सम्मान गर्ने,
– कानुनबमोजिम आफुले तिर्नुपर्ने कर तिर्ने,
– सेवा प्रदायलाई अनुचित प्रभाव पार्न नहुने,
– सेवा प्रवाहमा सल्लाहसुझाव लिने दिने ।

सरकार जनता बाट निर्वाचित निकाय भएाले जनहित अनुसारा सेवा सुविधा उपलव्ध गराउनु सरकारो कर्तव्य हुन्छ । त्यसैले सरकारले सार्वजनिक सेवा प्रवाह गर्न केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न संस्थागत संयन्त्र, कानुनी व्यवस्था गरेको हुन्छ । सरकारले गरेको यस व्यवस्थाअनुसारको सेवा सुविधा वितरणलाई थप प्रभावारी बनाउन सेवाग्राहीले गर्नसक्ने सहयोग सेवाग्राहीको दायित्व हो । यसरी सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकार मात्र होइन, दायित्व पनि हुने गर्दछ ।

३. नेपालमा निजामती कर्मचारीले निजामती सेवा ऐन, २०४९ बमोजिम पालना गर्नुपर्ने आचरणहरुको चर्चा गर्दै आचरण पालनाको अवस्था र आचरण पालना अभिवृद्धि गर्ने उपायहरुबारे विश्लेषण गर्नुहोस् ।

निजामती कर्मचारीको बानी व्यहोरा, व्यवहार एवं चरित्र आचरण हो । यसलाई व्यवस्थि तगर्न निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७, दफा ४१ द्येखि दफा ५५ सम्म निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था छ । जुन निम्न छन् :

– सरकारबाट निर्धारित समयमा नियमित रुपमा कार्यालयमा हाजिर हुनुपर्ने, सकेसम्म पहिले विदाको स्वीकृति लिने,
– अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारी र तत्परताको साथ पालन गर्नु पर्ने,
– राजनीतिमा भाग लिन नहुने,
– सरकारको आलोचना गर्न नहुने
– सरकारी कामाज सम्बन्धी समाचार प्रकाशन गर्न नहुने,
– द्यान, उपहार, चन्दा, आदि प्राप्त गर्न र सापटी लिन नहुने,
– कम्पनीको स्थापना सञ्चालन, व्यापार व्यवसाय तथा अन्यत्र नोकरी गर्न नहुने,
– राजनैतिक पदको लागि निर्वाचनमा भाग लिन नहुने, कसैको निमित्त मत माग्न नहुने तर गोप्य मतदान गर्न पनउने,प्रदशन, हडताल, कलम बन्द गर्न नहुने,शारीरिक वा मानसिक उत्पीडन हुनेगरी दबाब दिन नहुने,
– सम्पत्ति विवरण दिनुपर्ने,
– यातना दिन नहुने,
– यौनजन्य दुव्यवहार गर्न नहुने ,
– घरेलु हिंसा सम्बन्धी कार्य गर्न गराउन नहुने,
– कार्यालयमा काम गर्दा सबै प्रति शिष्ट व्यवहार गर्नु पर्ने,
– निष्पक्ष्, स्वच्छ तथा छिटो छरितो रुपमा कार्य सम्पादन गर्नुपर्ने,
– घरायसी कार्यकोलागि सरकारी सम्पत्ति र सरकारी कर्मचारीो प्रयोग गर्न नहुने,
– सेवाग्राहीप्रतिम र्यादित व्यवहार गर्नुपर्ने ।

आचरण पालनाको अवस्था

– आचरणले कर्मचारीलाई के गर्नु हुने के गर्न नहुने कुराको जानकारी गराएको,
– ऐन नियम कार्यान्वयन गरी सेवा प्रवाह गर्न सहयोग गरेको
– सम्पत्ति विवरण प्रस्तुत भएको,
– सेवाग्राही प्रतिम र्यादित व्यवहार हुनथालेको ,
– सेवाग्राहीप्रति कर्मचारी जिम्मेवार ।र जवाफदेही हुन थालेको, क्षतिपूर्तिसहितको नागरिक वडापत्र कार्यान्वयन हुन थालेको,
– सरकारी सम्पत्ति एवं सवारीसाधन घरायसी कार्यमा प्रयोग हुन छाडेको,
– आधुनिक प्रविधि प्रयोग गरी सेवा प्रवाहलाई छिटोछरितो बनाएको,
– अनुशासन र सदाचार कायम हुन थालेको,
– द्यान,उपहार,चन्दा लिने दिने कार्यमा सुधार हुनथालेको,सेवाग्राहीलाई अभिकारको प्रयोग र कर्तव्यको पालना गराउन समेत सहयोग गरेको,
– समग्रमा अनुशासन कायम गर्न सहयोग पुगेको,

देखिएको कमीकमजोरी

– ट्रेड युनियनबाट हुने राजनैतिक प्रभाव रोक्न नसकेको,
– कर्य सम्पादनबाट सेवाग्राहीलाई सन्तुष्ट बनाउन नसकेको,
– तेकिएो काम तोकिएको समयमा गर्न नसकेको,
– ऐननियम प्रभावकारी कार्यान्वयन गरी जनतालाई सुशासनको अनुभुति दिलाउन नसकेको,
– द्यान, उपहा, चन्दाजस्ता आर्थिक सहयोगको कार्य रोक्न नसकेको,
– राजनीतिप्रति तटस्थता र सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता कायम गर्न नसकेको,
– आर्थि भौतिक, मानव तथा सूचनाजस्ता स्रोतसाधनको मितव्ययी प्रयोग हुन नसकेको,
– आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणको पक्ष कमजोर रहेको,
– कर्तव्य पालना गरी इमानदार कर्मचारीको पहिचान बनाउन नसकेको,
– निजामती कर्मचारी प्रति जनताले हेर्ने दृष्टिकोणमा सकारात्मकक प्रभाव पार्न नसकेको,

आचरण पालना अभिवृद्धिका सुझावहरु

– प्रत्येक कर्मचारीको सम्पत्ति विवरणलाई नियमित गर्ने,
– एकल ट्रेड युनियनको व्यवस्था गरीयसमा कामकारबाहीलाई व्यवस्थित गर्ने,
– सचिव र मन्त्रीको स्पष्ट कार्य विभाजनगरी कार्य सम्पादनमा देखिएका अन्योल एवं दुविधा हटाउने,
– सत्तारुढ राजनैतिक दलले प्रशासनमा हस्तक्षेप गर्ने कार्य रोक्ने,
– निजामती सेवालाई राजनैतिक रुपमा तटस्थ राख्ने, मन्त्रालयको सचिव र सहसचिवको न्यूनतम सरुवा अवधि कानून बाटै व्यवस्थि तगर्ने,
– आर्थिक अनुशासन तथा सदाचारको पाटोलाई तल होइन माथिबाटै लागू गर्ने,
– कार्य सम्पादन करार गरी कार्यालय प्रमुखलाई थप जिम्मेवार र जवाफदेही बनाउने,
– कार्य सम्पादन बाह्य निकायबाट हुने हस्तक्षेप रोक्ने, स्वतन्त्र रुपमा कार्य गर्न पाउने वातावरण तयार गर्ने ,
– कार्यालयमा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी कार्य सम्पादन गर्ने,
– संविधान,ऐन नियमको प्रभावकारी कार्यान्वयन गरी सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने ।

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस