तीन मोटरसाइकलसहित कपडा बरामद « प्रशासन
Logo १ आश्विन २०७८, शुक्रबार
   

तीन मोटरसाइकलसहित कपडा बरामद


२० चैत्र २०७४, मंगलबार


रौतहट । बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौटहटको सीमा भएर ल्याइँदै गरेको तन्ना, साडी, कुर्तासलवार, धोतीलगायत कपडा आज बिहान ४ः३० बजे रौतहटको सशस्त्र आधार शिविर शहरमुज्वाले बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोख्रेलको नेतृत्वमा गएको प्रहरीगस्ती टोलीले रौतहट, मौलापुर नगरपालिका– ८ सोनरनिया टोल नजिकैबाट बीआर जिरो ५ एम २०३०, बीआर जिरो ५ एम ३१२७ र बीआर २ एम १७५ नंको भारतीय मोटरसाइलसहित पक्राउ परेका कपडा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आजै गौर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पोख्रेलले बताए ।

सीमापारिबाट भारतीय मालसमान नेपाल भित्र्याउन बाराका कर्चोवा, सिम्रौगढ, बेलदारी, मुसहर्वा, मटिअर्वा, कवहीगोठलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस