खड्काको सम्मानमा कांग्रेसले ७ दिन पार्टीको आधा झण्डा झुकाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खड्काको सम्मानमा कांग्रेसले ७ दिन पार्टीको आधा झण्डा झुकाउने


१८ चैत्र २०७४, आइतबार


काठमाडौं । नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको निधनको शोकमा ७ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेसको बैठकले पाँच दिन पार्टीका औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । पाँच दिनसम्म खड्काको सम्मानमा पार्टी कार्यालय बन्द गरिने छ । खड्काको निधनले देशलाई अपूरणीय क्षति भएको ठहर कांग्रेस बैठकले गरेको छ ।

खड्काको सम्झनामा १३ दिनसम्म शोक पुस्तिका राखिने छ भने १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिनेछ । खड्काको शुक्रबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस