लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


प्रकाशित मिति : २४ माघ २०७४, बुधबार १२:३५

वस्तुगत प्रश्नोत्तर

१. साहित्यकार मनु ब्राजाकीको निधन कहिले भएको हो ?
– वि.सं. २०७४ माघ १९
( ‘म र तिम्रो स्वास्नी’, ‘अन्नपूर्णको भोज’, जस्ता प्रसिद्ध कथासङ्ग्रह, गजल एवम् समसामयिक विषयमा लेखरचना लेखिरहने ब्राजाकीको ७५ वर्षको उमेरमा निधन भएको । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।)

२. राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित अन्तर्राष्ट्रिय प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पो कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं. २०७४ माघ १९–२१

३. सरकारले वि.सं. २०७४ माघमा निर्धारण गरेको नयाँ मर्यादाक्रम अनुसार प्रदेश सभा सदस्य कतिऔँ स्थानमा रहेका छन् ?
– १४ औँ

४. तत्कालनीन संविधान सभा सदस्यलाई प्रदान गरिएको लोगोमा के अङ्कित छ ?
– लागोको बीचमा ‘नेपालको संविधान’ अङ्कित गरिएको एवम् सङ्घीयता परिचित गराउने गरी सातवटा मानव अङ्कित चिन्ह तथा बाहिरी घेराको दुई छेउमा सूर्य र चन्द्र

५. दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी तथा शिक्षकलाई सरकारले कहिले शहीद घोषणा गरेको हो ?
– वि.सं. २०७४ माघ २२

६. नेपालका महत्वपूर्ण ९९ जडीबुटीको विवरण उल्लेख गरी राणाकालमा लेखिएको प्रसिद्ध पुस्तक कुन हो ?
– चन्द्रनिघण्टु

७. विश्वको सर्वोच्च फुटबल संस्था फिफाले विश्वकपमा खेल्ने राष्ट्र कति पुर्याउने निर्णय गरेको छ ?
– ४८
– फिफाले सन् २०१७ जनवरी १० मा थप १६ राष्ट्रलाई स्थान दिने निर्णय गरे पश्चात विश्वकप फुटबलमा ४८ टिम हुने भएको ।
– हाल ३२ राष्ट्र विश्वकपमा सहभागी हुँदै आएकोमा विश्वकप २०२६ मा ४८ राष्ट्र सहभागी हुनेछन् । सन् १९९८ देखि २४ टिमबाट बढाई ३२ कायम गरिएको थियो ।
– यो निर्णय अनुसार अफ्रिका र एसियालाई बढी फाइदा पुग्ने बताइएको छ ।

८. दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु हिउँ चितुवाको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले तर्जुमा गरियो ?
– वि.सं. २०७३ माघ ४–६
– नेपाल लगायत अफगानिस्तान, भुटान, चीन, भारत, कजाकिस्तान, किर्गिस्तान, मङ्गोलिया, पाकिस्तान, रुस, ताजकिस्तान र उज्वेकिस्तान गरी विश्वका १२ राष्ट्रमा हिउँ चितुवा पाइने ।
– हिमालकी रानी पनि भनिने हिउँ चितुवा २७ केजीदेखि ५५ केजी तौलको हुने ।
– विश्वमा ५ हजारदेखि ७ हजारको सङ्ख्यामा रहेको हिउँ चितुवा नेपालमा ३ सय देखि ५ सयको हाराहारीमा रहेको अनुमान ।

९. नेपालमा पहिलो पटक निर्यात दिवस कहिले मनाइयो ?
– वि.सं. २०७३ पुस २२
(निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषद्द्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मान्दै सो दिवस मनाइएको ।)

१०. रूपन्देीको सिद्धार्थनगर नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हो ?
– बाओजी
(भागिनी सम्बन्ध विस्तार पत्रमा वि.सं. २०७३ पुस २० मा स्ताक्षर भएको ।)


विषयगत प्रश्नोत्तर

१. प्रतिलिपि अधिकार भनेको के हो ? लेख्नुहोस् ।

मनव हितका लागि मौलिक एवम् बौद्धिक रूपले सिर्जना गरिएका रचना, प्रस्तुति एवम् प्रसारणमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपि अधिकार भनिन्छ । यसमा स्रष्टाको सिर्जनामा प्रतिलिपि अधिकार संरक्षण हुन्छ । स्रष्टा तथा साधकको असीमित कल्पना, गहन सोचाइ र निरन्तर बौद्धिक प्रयासबाट मात्र सिर्जनाको उत्पति हुने हुँदा स्रष्टाको सिर्जना माथिको आर्थिक र नैतिक अधिकारको सुनिश्चितता प्रदान गर्न यसले मद्दत गर्दछ । बौद्धिक सम्पत्तिका दुई हाँगामध्ये एउटा प्रतिलिपि अधिकार हो र अर्को औद्योगित सम्पत्ति अधिकार हो । औद्योगित सम्पत्ति अधिकार अन्तर्गत आविष्कारमूलक कामका लागि पेटेन्ट अधिकार, वस्तुको मौलिक डिजाइनको संरक्षणका लागि डिजाइन अधिकार र वस्तु तथा सेवालाई अरूको भन्दा फरक देखाउन र चिनाउन उत्पादकले प्रयोग गर्ने चिह्नको संरक्षणका लागि ट्रेडमार्क अधिकार पर्दछन् । प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ दर्ता गर्नुपर्दैन तर प्रमाण पुर्याउन सजिलोका लागि स्वेच्छिक रूपमा दर्ता गराउन सकिने व्यवस्था छ । प्रतिलिपि अधिकार सङ्केत गर्न © चिन्ह प्रयोग गर्ने चलन पनि छ । नेपालले स्रष्टाको सिर्जनाको संरक्षण गर्न प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी कानुनको प्रमुख आधारका रूपमा रहेको सन् १९९८६ को बर्न महासन्धि अनुमोदन गरेको छ । प्रतिलिपि अधिकार ऐन, २०५९ र प्रतिलिपि अधिकारको सचेतना एवम् संरक्षण व्यवस्थित हुन सकेको पाइँदैन ।

२. नेपाली जनजीवनमा भौगोलिक वातावरणको प्रभावका सम्बन्धमा सङ्क्षिप्त चर्चा गर्नुहोस् ।

हिमाल, पहाड र तराईमा विभक्त नेपालको भौगोलिक वातावरण फरक फरक छ । यसले नेपाली जनजीवनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको पाइन्छ । हिमाली क्षेत्र विकट ठण्डा र सुक्खा छ । खेतीपाती कम हुन्छ तर बुमूल्य जडीबुटीको प्रचुरता छ । भौगोलिक जटिलताले विकास कार्यमा समस्या छ । पहाडी क्षेत्रमा खेतीपाती र फलफूलको लागि अनुकूल वातावरण छ । हिमालभन्दा पहाड केही बढी सहज र समृद्ध छ । तराई क्षेत्र समथर र उर्वर भूमि ाहे । कृषिका लागि अनुकूल वातावरण हुनाले उत्पादक उच्च छ । बसोबास र विकासका हिसाबले तराई बढी सहज छ । केही क्षेत्रमा बर्खामा डुबान र हिउँदमा शीतलहरको जोखिम भए पनि तराईमा अनुकूल वातावरण भएकाले जनघनत्व बढी छ । हिमाल र पहाडबाट तराईमा बसाई सराई गर्ने प्रवृत्ति पनि बढी छ ।

३. नेपालको सन्दर्भमा सामाजिक विकृतिको निराकरणका प्रमुख उपायबारे लेख्नुहोस् ।

सामाजिक विकृति समाज विकासका अवरोध हुन, सामाजिक रोग हुन । नेपालमा खासगरी छुवाछुत, दाइजो, लागूपदार्थ दुव्र्यसन, बालश्रम शोषण, चेलीबेटी बेचविखन, भ्रष्टाचार, अन्धविश्वास, देउकी, झुमा, कमैया, छाउपडी जस्ता सामाजिक विकृति देखिएको पाइन्छ । नेपालमा यस्ता विकृति मूलतः गरिबी र अशिक्षाका कारण भएको पाइन्छ । यसका लागि रोज रोजगारीको सिर्जना तथा शिक्षा र

जनचेतनाको विस्तार गरी यिनको निराकरण गर्नुपर्दछ, यसका अरु उपाय निम्न छन्ः

– लैङ्गिक विभेद एवम् असमानता कम गर्ने,
– महिलामाथि हुने हिंसा घरदेखि नै अन्त्य गर्ने,
– दुर्गम सुगम सबै स्थानमा महिला शिक्षा तथा प्रौढ शिक्षामा जोड दिने,
– संविधान, ऐन नियम कानुनले महिलालाई दिएका हक अधिकार जानकारी गराउने र तीनको पालना गर्ने, गराउने,
– हिंसा पीडित महिलाको उद्धार र पुनस्र्थापनाका लागि पर्याप्त स्रोत साधनको व्यवस्था गर्ने,
– दाइजो, छुवाछूत जस्ता विकृति हटाउन सामाजिक अधियान सञ्चालन गर्ने,
– गरिबोन्मुख आर्थिक सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्ने,
– समाज सुधारका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था बीच समन्वय कायम गर्ने,
– कानुन विपरीत कार्य गर्नेलाई कडा कारबाही गर्ने,


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस