टिपर दुर्घटनामा दुईजनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टिपर दुर्घटनामा दुईजनाको मृत्यु


२१ माघ २०७४, आइतबार


बस दुर्घटना

महेन्द्रनगर । धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३२२६ नं.को टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक (खलासी) मिथिला नगरपालिकाको नक्टाझिझ बस्ने सञ्जय पासमान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिपर पल्ँिटदा दुवै जनाको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटना भएको ढल्केवर–जनकपुर सडक ६ लेनका लागि विस्तार भइरहेकाले सडक विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री सडकमै थुपारिराखेको हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस