असार ४ गते, २०७६

बेङग्लोरमा सरस्वती पुजामा साहित्यीक कार्यक्रम

बेङग्लोर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा बेङग्लोरले सरस्वती पुजाको अवसरमा विभिद् साहित्यीक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिष्ठाका कलाकारहरूले बिभिन्न प्रस्तुती पस्किदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमा स्वतन्त्र युवा समाजका अध्यक्ष सुरज चैलागाँई, सचिव गणेश आचार्य, प्रवासी जनसमाजका राज्य अध्यक्ष तेजबहादुर तिरुवा, सेक्रेटरी टंक खाति, सुदूरपश्चिम जनकल्याण भारत ट्रस्टका संगठन प्रमुख धनिराम कोलि, महासचिव बिरेन्द्र चंन्द, टिकापुर युवा क्लबका अध्यक्ष समीर भन्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमा सोनि सेट्ठि, बिष्णु लामिछाने, दुर्गादेबि पौडेल, चक्र बि.सि., महेश परियार, गणेश साँउद लगायतले प्रष्ठिानको नयाँ सदस्यता लिएका छन् । नवप्रवेसीलाई प्रतिष्ठानका अध्यक्ष गोबिन्द ढकालले अबिर लगायर सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

माघ ९ गते, २०७४ - १४ः०७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg