आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको गठबन्धनका सुत्रधार बामदेव गौतमको खुलासा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको गठबन्धनका सुत्रधार बामदेव गौतमको खुलासा


प्रशासन विशेष ब्युरो

२९ मंसिर २०७४, शुक्रबार


काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले माओवादीसँगको चुनावी तालमेलमा दुवै दलका अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको खुलासा गरेका छन् ।

बीबीसी नेपाली सेवासँग शुक्रबार कुरा गर्दै उपाध्यक्ष गौतमले भने –’पार्टि एकता र तालमेलको निश्कर्षमा पुग्दा प्रधानमन्त्री पद आलोपालो चलाउने भन्ने सहमति गरिसकेका हौं ।’

आलोपालो पद्दतीअनुसार कति कति अवधि कसले प्रधानमन्त्री चलाउने भन्ने बिषयमा भने ठ्याक्कै मिति नतोकिएको भएपनि पाँच बर्ष एउटा नेताले, अर्को पाँच बर्ष अर्को नेताले पनि हुनसक्छ, यही कार्यकालमा पनि एउटाले दुई बर्ष र अर्कोले तीन बर्ष पनि हुनसक्छ– गौतमले भने ।

आलोपालोको सहमति केवल प्रधानमन्त्री पदका लागि भएको र अध्यक्ष पदका लागि नभएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस