लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार १९:०७

वस्तुगत प्रश्नोत्तर

१.लन्डन इन्स्टिच्युट अफ बैङ्किङ एन्ड फाइनान्स र युके फाइनान्सद्वारा प्रदान गरिएको ‘फाइनान्सियल इन्नोभेसन अवार्ड– २०१७’ बाट सम्मानित नेपाली युवा को हुन् ?
– प्रकाश कोइराला
– काइराला फिनिलिट नामक संस्था स्थापना गरी वित्तीय साक्षरता अभियाना सक्रिय रहेका । उनको संस्थाले आम सर्वसाधारणलाई बैंङ्क तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसायमा सहयोग पुर्याउँदै आएको । कोइरालाले ग्रामीण क्षेत्रमा पैसाको महत्व बुझाउने विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका ।
– विजयी घोषित भश्चात् उनले ट्रफी र करिब साढे तीन लाख रुपियाँ राशि सहितको पुरस्कार हात पारेका ।

२. २०७४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुने सांसद को हुन् ?
– दोलखाका पार्वत गुरुङ
(वाम गठबन्धनका संयुक्त उम्मेदवार गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १५३ मतले पछाडि पारेका । खड्काले २५ हजार ८०१ म्त प्राप्त गरेका ।)

३. सानिमा लाइफ इन्सुरेन्सद्वारा औपचारिक रूपमा जीवन बिमा व्यवसाय कहिलेदेखि सुरू गरिएको हो ?
– वि.सं. २०७४ मङ्सिर २२
(सानिमा बैंङ्क एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित सो कम्पनीको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब रुपियाँ रहेको ।)

४. सन् २०१७ को टाइम पर्सन अफ द इयर कसलाई घोषणा गरियो ?
– द साइलेन्स ब्रेकर
(यौनजन्य दुव्र्यवहार तथा शोेषणलाई सामाजिक सञ्चाल तथा सञ्चार माध्यममा खुलासा गर्ने अभियान ‘ह्यासमिटु’ सञ्चालक तथा संस्थापक ‘द साइलेन्स ब्रेकर्स’ यो वर्षको टाइम अखवारको पर्सन अफ द इयरम ाचयन भएको ।)

५. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?
– प्लुटो

६. ‘Agenda For Development’ नामक विकास सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने ग्ल्इ का महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने UNO को सुधार सम्बन्धी Quite Revolution नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ?
– कोफी अन्नान

७. संयुक्त राष्ट्रसङ्घद्वारा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र कहिले पारित भएको हो ?
– सन् १९४८ डिसेम्बर १०
– विश्वभर हरेक वर्ष डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने ।
– सन् २०१७ डिसेम्बर १० का दिन ‘समानता, न्याय र मानव सम्मानका लागि उभिउँ’ भन्ने नाराका साथ विश्वभर अन्र्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको ।

८. मुलुकी देवानी (संहिता), ऐन २०७४ र मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ कहिलेदेखि लागू हुनेगरी जारी गरिएको हो ?
– वि.सं. २०७५ भदौं १

९. नवौं मानव अधिकार राष्ट्रिय महाभेला कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ मङ्सिर २३–२५
(तीन सदनसम्म सञ्चालन भई सम्पन्न भएको महाधिवेशनले ५० बुँदे घोषणापत्र जारी गरेको । महाभेलाले महिलाको राजनीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा समान सहभागिता, लैङ्गित विभेदको अन्त्य, मानव बेलबिखन तथा लैगिक हिँसाको पीडितको सुरक्षा, मानव अधिकार रक्षक तथा महिला मानव अधिकार रक्षको सुरक्षाको प्रत्याभूतिको सवालमा घोषणा पत्रमार्फत राज्यको ध्यानाकर्षण गराएको । त्यसैगरी युवा विकासका लागि सरकारले जारी गरेको राष्ट्रिय युवा नीति, २०७४ र युथ भिजन, २०२५ को प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई ध्यानाकर्षण गराउँदै सवैलाई सबै अवस्थामा मानव अधिकार उपभोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने कुरामा घोषणा पत्रले जोड दिएको ।)

१०. राष्ट्रिय मानव अधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रूपमा व्यवस्था गरिएको हो ?
– वि.सं. २०६३ माघ १
(नेपालको अन्तरिम संविधान, २०६३ सँगै)


विषयगत प्रश्नोत्तर

१. नेपाल सरकार, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँट सम्बन्धी के–कस्तो व्यवस्था छ ? चर्चा गर्नुहोस् ।

नेपाल सरकार, प्रदेश र स्थानीय तहको राजस्व अधिकार, राजस्व बाँडफाँट, अनुदान, ऋण, बजेट व्यवस्थापन, सार्वजनिक खर्च तथा वित्तीय अनुशासन सम्बन्धमा आवश्यक व्यवस्थागर्न बनाइएको अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले नेपाल सरकार, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँट निम्नानुसार हुने व्यवस्था गरेको छः

क. मूल्य अभिवृद्धि कर र अन्तःशुल्क (आन्तरिक उत्पादन) को बाँडफाँटः

– सङ्घीय विभाज्य कोष खडा गरी रकम दाखिला गर्ने,
– नेपाल सरकार ७० प्रतिशत, प्रदेश १५ प्रतिशत, स्थानीय तह १५ प्रतिशत,
– नेपाल सरकारको रकम सङ्घीय सञ्चित कोषमा दाखिला, प्रदेशको रकम प्रदेश विभाज्य कोष र स्थानीय तहको रकम स्थानीय विभाज्य कोषमा दाखिला,
– प्रदेश विभाज्य कोष र स्थानीइ विभाज्य कोषमा जम्मा भएको रकम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहलाई बाँडफाँट गरिने,
– बाँडफाँटबाट प्रत्येक प्रदेशले प्राप्त गर्ने रकम सम्बन्धि प्रदेश सञ्चित कोषमा र प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी मासिक रूपमा उपलब्ध गराइने,
– बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिने,

ख. प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको बाँडफाँटः

– सङ्घीय विभाज्इ कोष खडा गरी रकम दाखिला गर्ने,
– पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज, पानी तथा अन्य प्राकृतिक स्रोतको रोयल्टी नेपाल सरकार ५० प्रतिशत, सम्बन्धित प्रदेश २५ प्रतिशत, सम्बन्धित स्थानीय तह २५ प्रतिशत,
– उपरोक्त रकममध्ये नेपाल सरकारको रकम सङ्घीय सञ्चित कोष, प्रदेशको रकम सम्बन्धित प्रदेश सञ्चित कोष र स्थानीय तहको रकम सम्बन्धि स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी उपलब्ध गराइने,

२. नेपालमा अपाङ्गताको वर्गीकरण के–कसरी गरिएको छ ? चर्चा गर्दै अपाङ्गता भएका व्यक्तिको अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।

अपाङगता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरूको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सम्मान गर्न तर्जुमा गरिएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले नेपालमा अपाङ्गताको वर्गीकरण गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

अपाङ्गताको वर्गीकरण

क) शारीरिक अङ्गमा भएको समस्याका आधारमाः

१. शारीरिश अपाङ्गताः
स्नायु, मांशपेशी र जोर्नी, हड्डीको समस्या, जस्तैः बाल पक्षघात (पोलियो), शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, पैँताला फर्केको, औसत उचाई भन्दा ज्यादै कम उचाई भएको,

२. दृष्टि सम्बन्धी अपाङ्गताः
क) दृष्टि विहीनता, ख) न्यून दुष्टियुक्त, ग) पूर्ण दृष्टिविहीन्ः पूर्वरुपमा उज्यालो अँध्यारो छुट्याउन नसक्ने,

३. सुनाइ सम्बन्धी अपाङ्गताः
क) बहिराः सुन्न नसक्ने, साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने,
ख) सुस्त श्रवणः श्रवण यन्त्र राख्नुपर्ने,

४. श्रवण दष्टिविहीन अपाङ्गताः
सुनाइ सम्बन्धी र दृष्टि सम्बन्धी दुवै अपाङ्गता भएको,

५. स्वर र बोलाइ सम्बन्धी अपाङगताः
स्वरको उतार चढाव, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहोर्याउने,

६. मानसिक वा मनोसामाजिक अपाङगताः
मस्ष्कि र मानसिक अङ्गमा आएको समस्या,

७. बौद्धिक अपाङ्गताः
एमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकेको अवस्था,

८.अनुवंशीय रक्तश्राव सम्बन्धी अपाङ्गताः
अनुवंशीय असरका कारण रगत जम्ने कार्यमा समस्या,

९. अटिजम सम्बन्धी अपाङ्गताः
जन्मजात नसा वा तन्तुको विकासमा आएको समस्या, जस्तोः सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुने,

१०. बहुअपाङ्गताः
एउटै व्यक्तिमा दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गता, जस्तैः मस्तिष्क पक्षघात,

ख) अशक्तताको गम्भीरताका आधारमाः
१. पूर्ण अशक्त अपाङ्गताः अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्था,
२. अति अशक्त अपाङ्गतः अरुको सहयोग लिनुपर्ने अवस्था,
३. मध्यम अपाङ्गताः अरुको सहयोग लिन वा नलिन सक्ने अवस्था,
४. सामान्य अपाङ्गताः आफ्नो दिनचर्या गर्न सक्ने अवस्था,

अपाङ्ता भएका व्यक्तिका अधिकार
– प्रचलित कानुन बमोजिमका अधिकार उपभोग गर्न पाउने अधिकार,
– भेदभाव विरुद्धको अधिकार,
– सामुदायिक जीवनको अधिकार,
– संरक्षणको अधिकार,
– राजनीतिक सहभागिताको अधिकार,
– नीति निर्माणमा सहभागिताको अधिकार,
– संस्था खोल्ने अधिकार,
– साँस्कृतिक जीवनमा सहभागी हुने अधिकार,
– सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार,
– सामाजिक सुरक्षाको अधिकार,
– सूचना तथा जानकारीको अधिकार,
– आवतजावतको अधिकार,

ऋपाङ्गता भएका महिला तथा बालबालिकाका थप अधिकार

१. अपाङ्गता भएका महिलको अधिकारः
अपाङ्गता भएका महिलाको ज्ञान, सीप तथा क्षमताको अच्चतम उपयोगका लागि उपयुक्त वाताववरण निर्माण गर्नुपर्ने, अपाङ्गता भएका महिलाको विशेष अवस्थालाई ध्यानमा राखी उनीहरूको स्वास्थ्य तथा प्रजनन् अधिकारको संरक्षणका लागि आवश्यक व्यवस्था गर्नुपर्ने,

२. अपाङ्गता भएका बालबालिकाको अधिकारः
अपाङ्गता भएका बालबालिकालाई समाजमा घुलमिल हुन तथा आफ्नो व्यक्तिगत विकासको लागि शिक्षा, तालिम, स्वास्थ्य, स्याहार सेवा, पुनस्र्थापना सेवा, रोजगारीको तयारी तथा मनोरञ्जनका अवसर प्राप्त गर्ने अधिकार हुने,


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस