लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


प्रकाशित मिति : २० मंसिर २०७४, बुधबार ११:०६

बस्तुगत प्रश्नोत्तर

१. संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयद्वारा प्रदान गरिएको व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधि (अनरेरी डक्टर अफ विजनेस एड्मिनिस्ट्रेसन) प्राप्त गर्ने नेपाली को हुन् ?
– मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

२. सन् २०१७ अक्टोबर २६ मा केन्यामा भएको राष्ट्रपति निर्वाचनमा को निर्वाचित भएका छन् ?
– उहुरु केन्याटा
– केन्याटाले सन् २०१७ नोभेम्बर २८ मा पद तथा गोपनीयताको शपथ लिएका ।
– यसै वर्ष अगस्त ८ मा भएको राष्ट्रपतिको निर्वाचनमा केन्याटाले धाँधली गरेर जितेको भन्दै विपक्षीले पुनरावेदन अदालतमा मुद्दा दायर गरेकोमा अदालतले सो निर्वाचनमा धाँधली भएको बताउँदै दुई महिनाभित्र पुनः निर्वाचन गर्नुपर्ने फैसला गरेको ।
– सो फैसला पश्चात् अक्टोबर २६ मा पुनः मतदान हुँदा केन्याटाले नै जित हासिल गरेपछि विपक्षीले पुनः सर्वोच्च अदालतमा उजुरी गडरेकोमा अदालतले विरोधीको दाबीलाई अस्वीकार गरेको ।

३. आपूर्ति मन्त्रालयमार्फत गरिएको ए अध्ययन अनुसार मुलुकमा आगामी १० वर्षमा खाद्यान्नको मूल्य कति प्रतिशतले बढ्ने अनुमान छ ?
– २५.४९ प्रतिशत
– आपूर्ति मन्त्रालयले रिसर्च इक्वेल प्रालिमार्फत गरेको अध्ययन प्रतिवेदन अनुसार मुलुकमा आगामी १० वर्षमा खाद्यान्नको मूल्य औसतमा २५.४९ प्रतिशतले बढ्ने अनुमान गरिएको ।
– मन्त्रालयका अनुसार अध्ययनले अयावश्यक वस्तुको आन्तरिक उत्पादन, बजार मूल्य र मागको विगत पाँच वर्षको तथ्याङ्कको अध्ययन एवम् विश्लेषण गरेर सो प्रक्षेपण गरेको । टोलीले हिमाल, पहाड र तराईका साथै सहरी क्षेत्रसमेत समेटी मुलुकका विभिन्न १० जिल्लामा अध्ययन गरेको ।

४. जलवायु परिवर्तन र अन्य गतिविधिले हिमालय क्षेत्रमा देखिएका समस्या एवम् समाधानका विकल्प खोज्न राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहिले गरियो ?
– वि.सं. २०७४ मङ्प।ि १७–२०
– जनसङ्ख्या तथा वातावरण मन्त्रालय र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा भएको हिन्दकुश हिमालयमा समानुकुलन एसियाको दिगो भविष्य निर्माणका उपायको रोजी (रेजिलेन्ट हिन्दुकुश हिमालयः डेभलोपिङ सोलुसन टुवार्डस सस्टेनेबल फ्यायुचर फर एसिया) विषयक अन्तर्राष्ट्रिय सम्मेलनको मङ्सिर १७ मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको ।
– सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमार तथा अपगानिस्तान लगायतका देशका उच्च पदस्थ कर्मचारी, नीति निर्माता तथा मन्त्रीसमेत करिब २५० जनाको सहभागिता रहेको ।

५. हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा तारा एयरको जहाज कहिले दुर्घटना भयो ?
– वि.सं. २०७४ मङ्सिर १२
(सिमिकोटबाट सुर्खेत उड्ने क्रममा ९ एन एबीएम कलसाइन भएको ट्विनअटर जाज दुर्घटनामा परेको । दुर्घटनामा चालक दलका तीन सदस्यसहित पाँच जना घाइते भएका ।)

६. नेपाली साहित्यको इतिहासमै पहिलोपटक १३ कविद्वारा लेखिएको महाकाव्य कुन हो ?
– आरोहण
(प्रा. गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाल, प्रकाश चापागाईं, डा. जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, डा. रामप्रसाद ज्ञावाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासीद्वारा लिखित उक्त महाकाव्य २०७४ मङ्सिर १५ मा विमोचन भएको ।)

७. विश्वव्यापार सङ्गठन (ध्त्इ) को ११ औँ मन्त्ती स्तरीय सम्मेलनको आयोजना कहाँ गरिएको छ ?
– ब्युनर्सआयर्स, अर्जेन्टिना (सन्, २०१७ डिसेम्बर ११–१४)

८. नेपालमा पहिलोपल्ट राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?
– सन् १९९६
– नेपालमा सन् २०१६ मा पाँचौँ राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण सम्पन्न भएको ।
– पाँचौँ स्वास्थ्य सर्वेक्षण अनुसार नेपालका पाँच वर्ष मुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशत कम तौल भएका र १० प्रतिशत ख्याउटे भएको देखिएको ।
– स्वास्थ्य मन्त्रालयद्वारा सन् २०११ म गरिएको चौथो जनस्वास्थ्य सर्वेक्षणमा पाँच वर्ष मुनिका बालबालिकामध्ये ४१ प्रतिशतमा पुड्कोपन, २९ प्रतिशत उमेर अनुसारको तौल नपुगेका र ११ प्रतिशतमा ख्याउटेपन देखिएको ।
– नेपालमा प्रत्येक पाँच वर्षमा स्थास्थ्य सर्वेक्षण गरिँदैआएको ।

९. नेपाल सरकारले पूर्वाधार सहितका सहर विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन थालेको कार्यक्रम कुन हो ?
– एकीकृत सहरी विकास योजना
– सरकारले योजनाबद्ध ढङ्गले सहरको विकास गर्ने योजनासहित १ सय ८५ वटा नगरपालिकामा ‘एकीकृत सहरी विकास योजना’ लागू गर्ने भएको ।
– हाल नेपालमा ७५३ स्थानीय तहमध्ये महा/उप/नगरपालिकाको सङ्ख्या २९३ र गाउँपालिकाको सङ्ख्या ४६० रहेको ।

१०. वि.सं. २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरका नगरप्रमुख को हुन् ?
– उदयकुमार यादव (२४ वर्षीय), सहिदनगर न.पा., सिरहा
(४६० गाउँपालिकाका अध्यक्ष र २९३ नगरपालिकाका प्रमुखमध्ये सबैभन्दा कान्छा ।)


विषयगत प्रश्नोत्तर

१. संबैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अङ्ग भनिन्छ । संवैधानिक अङ्गका काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको सङ्ख्या, तिनको नियुक्ति एवम् बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अङ्ग स्वतन्त्र, स्वायत्त, तटस्थ एवम् निष्पक्ष हुने गर्दछन् । सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका ह अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुनसक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भैष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अङ्गको आवश्यकता पर्दछ ।

नेपालमा हाल भएका संवैधानिक अङ्ग

नेपालको संविधान अनुसार हाल नेपालमा निम्न १३ वटा संवैधानिक अङ्ग रहेका छन्ः
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
२. महालेखा परीक्षक,
३. लोकसेवा आयोग,
४. निर्वाचन आयोग,
५. राष्ट्रिय मानव अधिकार आयोग,
६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
७. राष्ट्रिय महिला आयोग,
८. राष्ट्रिय दलित आयोग,
९. राष्ट्रिय समावेशी आयोग,
१०. आदिवासी जनजाति आयोग,
११. मधेसी आयोग,
१२. थारू आयोग,
१३. मुस्लिम आयोग,

२. मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको के–कस्तो भूमिका निर्वाह गर्न सक्दछ ? लेख्नुहोस् ।

सहकारी क्षेत्र भूलतः सर्वसाधारण मानिसको सङ्गठित समूह हो । यसमा मानिस स्वेच्छाले समूहमा आबद्ध हुन्छन, सहकार्य गर्छन् र प्रतिफलमा हिस्सेदार हुने गर्दछन् । नेपालको संविधानको धारा ५१ (घ) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने, सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय सवकासमा अत्याधिक परिचालन गर्ने नीति भएबाट मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ भन्ने प्रस्ट हुन्छ । यसले मुलुकको आर्थिक विकासमा खेल्ने भूमिकालाई निम्न बुँदामा चर्चा गर्न सकिन्छः

– सर्वसाधारण जनताबाट थोरै रकम सङ्कलन गरी ठूलो पुँजी निर्माण सहयोग गर्ने,
– सर्वसाधारण जनतालाई सहुलियत दरमा ऋण प्रवाह गर्ने,
– सङ्कलन गरेको पुँजी सर्वसाधारणमा परिचालन गर्ने,
– सानो व्यवसायमा लगानी गरेर लाभ आर्जन गर्ने,
– रोजगारी सिर्जनामा सहयोग गर्ने,
– स्थानीय ज्ञान, सीप एवम् प्रविधिक विकासमा सहयोग गर्ने,
– आर्थिक क्रियाकलाप सञ्चालन मार्फत राजस्व सङ्कलनमा योगदान गर्ने,
– राष्ट्रिय आय तथा प्रतिव्यक्ति आयमा अभिवृद्धि गर्ने,
– उत्पादन र उत्पादकत्वमा बढाई मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने,
समग्रमा मुलुकको आर्थिक विकासमा सहकारीले पुँजी सङ्कलन, पुँजी लगानी, आयआर्जन, कार्य गरी मूमिका निर्वाह गर्न सक्दछ ।

३. बसाइँसराइ नियन्त्रण गर्ने उपाय उल्लेख गर्नुहोस् ।

मनिस आफू बसेको गाउँ, ठाउँ वा देश छाडेर अर्को गाउँ, ठाउँ वा देशमा सर्ने कार्य बसाइँसराइ हो । बसाइँसराइ स्थानान्तरण हो । मानिस सामान्यतयाः सुविधाकका लागि बसाइँ सर्दछन् । बसाइँसराइ एक निरन्तर प्रत्रिया भएकाले यसलाई पूर्णविराम लगाई रोक्न सकिँदैन तर व्वस्थित नियन्त्रण गर्न सकिन्छ । यसलाई व्यवस्थित नियन्त्रण गर्न उद्गम र गन्तव्य दुवै स्थानमा विकासका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ । समग्रमा बसाइँसराइलाई निम्न उपाय अवलम्बन गरेर नियन्त्रण गर्न सकिन्छः

– गाउँ र सहर बीचको विकासमा सन्तुलन कायम गर्ने,
– ग्रामीण क्षेत्रमा एकीकृत विकास कार्यक्रम लागू गर्ने,
– शव्यावहारिक ज्ञान एवम् सीप भएको शिक्षा नीति लागू गर्ने,
– हिमाल र पहाडमा पूर्वाधार विकास (सडक, स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानी आदि) गर्ने,
– हिमाल पहाडमा हुने खेतीबाली, फलफूल एवम् जडीबुटीको व्यावसायिक उत्पादन गर्ने,
– हिमाल, पहाड र तराइई बीच्को विकासमा सन्तुलन कायम गरी जनसङ्ख्याको समुचित व्यवस्थापन गर्ने,


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस