लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार १४:२५

बस्तुगत प्रश्नोत्तर

१. वि.सं. २०७४ मङ्सिरमा सम्पन्न प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
– एपीएफ क्लब
– उपाधि विजेता एपीएफले तीन लाख रुपियाँ पुरस्कार प्राप्त गरेको । त्यस्तै उपविजेता त्रिभुवन आर्मी एक लाख ५० हजार रुपियाँ पाएको ।
– फाइनल खेलको वुमन अफ द म्याच एपीएफकी सजना राना घोषित भइन् भने सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आर्मीकी सपना लामाले जितेकी ।
– प्रतियोगितामा भारतको सिक्किम र विहारको दुईसहित १० टोलीको सहभागिता रहेको ।

२. सन् २०१७ नोभेम्बरमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (International Co–operative Alliance–ICA) को सम्मेलन कहाँ सम्पन्न भयो ?
– क्वालालम्पुर (मलेसिया)
– सो सम्मेलनमा नेपाल पहिलोपटक आईसीएको ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको ।
– नेपालका तर्फबाट उम्मेदवारी दिएकी राष्ट्रिय सरकारी सङ्घकी उपाध्यक्षसमेत रहेकी ओमदेवी मल्ल बोर्ड सदस्यमा चयन भएकी ।
– विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रूपमा यो विजयलाई लिइएको ।
– ९४ देशका सहकारी सङ्घ सदस्य रहेको यो संस्थामा नेपाल सन् १९९७ मा संलग्न भएको ।

३. इन्टरनेट सेवा प्रदायक एवम् सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह तीनदिने सम्मेलन कहाँ आयोजना गरिएको छ ?
– चितवन (वि.सं. २०७४ मङ्सिर २३–२५)

४. नेपाल चलचित्र समीक्षक समाजद्वारा आयोजित क्रिटिक्स अवार्ड समारोहमा २०७३ सालको उत्कृष्ट चलचित्रको अवार्ड कुन चलचित्रले जित्यो ?
– कालो पोथी

क्रिटिक्स अवार्ड– २०७३

उत्कृष्ट चलचित्र: कालोपोथी
उत्कृष्ट निर्देशक: दीपक रौनियार (चलचित्रः सोतो सूर्य)
उत्कृष्ट अभिनेता: विपिन कार्की (चलचित्र: जात्रा) र माओन्से गुरुङ
(चलचित्र: पुरानो डुङगा, (संयुक्त रूपमा) उत्कृष्ट अभिनेत्रीः केकी अधिकारी (चलचित्र: लभ सासा)

क्रिटिक्स अवार्ड: २०७२

उत्कृष्ट चलचित्र: पशुपतिप्रसाद
उत्कृष्ट निर्देशक: दिपेन्द्र के खनाल (चलचित्र: पशुपतिप्रसाद)
उत्कृष्ट पटकथा: खगेन्द्र लामिछाने (चलचित्र: पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेता: सौगात मल्ल (चलचित्र: फन्को)
उत्कृष्ट अभिनेत्री: रिश्मा गुरुङ (चलचित्र: कबड्डी)
उत्कृष्ट छायाकार: शैलेन्द्र डी कार्की (चलचित्र: कबड्डी)

क्रिटिक्स अवार्ड: २०७१

उत्कृष्ट चलचित्र: कबड्डी
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (चलचित्र: टलकजङ भर्सेज टुल्के)
उत्कृष्ट पटकथा: रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (चलचित्रः कबड्डी)
उत्कृष्ट अभिनेताः दयाहाङ राई (चलचित्रः कबड्डी)
उत्कृष्ट अभिनेत्री: प्रियङ्का कार्की (चलचित्र: सुन्तली)
उत्कृष्ट छायाकार: ओन्ड्रा बेलिका (चलचित्र: सुन्तली)
उत्कृष्ट सम्पादक: वनीष शाह र मिलन श्रेष्ठ (चलचित्र: ताण्डव)

५. अन्तर्राष्ट्रिय मुन्द्राकोषद्वारा सार्वजनिक प्रतिवेदन अनुसार प्रतिव्यक्ति जोडीपीका आधारमा विश्वकै धनी राष्ट्र कुन हो ?
– कतार ( कतारको प्रतिव्यक्ति आयः १ लाख २४ हजार ९ सय ३० डलर)
– जीडीपीका आधारमा उत्कृष्ट १० राष्ट्र कतार, मकाउ, लक्जेम्वर्ग, सिँगापुर, आयरल्यान्ड, नर्वे, कुवेत, संयुक्त अरब इमिरेट्स, स्विजरल्यान्ड रहेका ।
– सो सूची अनुसार नेपाल २ हजार ६ सय ९० डलरसहित १ सय ९३ औँ स्थानमा रहेको ।
– भारत ७ हजार १ सय ७० डलर प्रतिव्यक्ति जोडीपीसहित १२६ औँ स्थानमा रहेको ।
– ५९ हजार ५ सय डलर प्रतिव्यक्ति जीडीपीसहित अमेरिका १३ औँ स्थानमा रहेको ।

६. जिम्बाब्वेमा नयाँ राष्ट्रपतिका रूपमा को चयन भएका छन् ?
– एमरसन मनाङ्नग्याग्वा
– मनाङ्याग्वाले सन् २०१७ नोभेम्बर २४ मा शपथ लिएका ।
– ३७ वर्षदेखि मुगावेको सहयोगीाक रूपमा रहँदै आएका मनाङ्ग्याग्वालाई मुगावेले केही दिनअघि उपाष्ट्रपति पदबाट बर्खास्त गरेपछि त्यहाँ राजनीतिक अन्योल भएको थियो ।
– जिम्बाब्वेको सेनाले गरेको हस्तक्षेप पछि विकसित घटनाक्रमका कारण सन् २०१७ नोभेम्बर २१ म राष्ट्रपति रोकर्ट मुगावेले पदबाट राजीनामा दिएका ।
– ९३ वर्षीय मुगावेले जिम्बाब्वेमा सन् १९८० देखि एकछत्र शासन गरेका । मुगावे सन् २०१७ नोभेम्बर १५ देखि सेनाको नजरबन्दमा थिए ।

७. नेपालका लागि एडीबीका नयाँ निर्देशकमा को नियुक्त भएका छन् ?
– मुख्तार खामुदखानोभ
(उज्वेक नागरिक खामुदखानोभ यसअघि एडीबीको मुख्यालय मनिलामाबाट दक्षिण एसियामा ऊर्जाको परियोजना विज्ञका रूपमा काम गर्थे ।)

८. नेपाल चलचित्र कलाकार सङ्घ राष्ट्रिय पुरस्कार– २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

९. २९ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहाँ सम्पन्न भयो ?
– जनकपुरधाम (वि.सं. २०७४ मङ्सिर)

१०. सन् २०१७ नोभेम्बर २७ मा अमेरिकाको लसभेगासमा सम्पन्न ६६ औँ मिस युनिभर्स प्रतियोगिताको उपाधि जित्ने सुन्दरी को हुन् ?
– दक्षिण अफ्रिकाकी सुन्दरी डेमी लेच नेल पिटर्स
– नेल पिटर्स दक्षिण अफ्रिकाबाट मिस युनिभर्सको उपाधि जित्ने दोस्रो सुन्दरी भएकी यसअघि सन् १९७८ मा माग्रिट गार्डिनर मिस युनिभर्स भएकी ।
– प्रतियोगितामा कोलम्बियाकी लाउरा गोन्जालेज फस्ट रनर अप र जमैकाकी डभिना वेनेट सेकेन्ड रनर अप भएका ।


विषयगत प्रश्नोत्तर

१. नेपालको संविधानमा प्रदेश प्रमुख सम्बन्धी के–कस्तो व्यवस्था छ ? चर्चा गर्नुहोस् ।

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका र भाग १४ मा प्रदेश व्यवस्थापिका सम्बन्धी व्यवस्था छ । यी व्यवस्था अनुसार प्रदेश प्रमुख नेपाल सरकारको प्रतिनिधि हुने र निजको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ । सङ्घीय संसद्मा प्रदेश प्रमुखको भूमिका हुने व्यवस्था देखिन्छ । नेपालको भूमिका हुने व्यवस्था देखिन्छ । नेपालको राष्ट्रपति सङ्घीय संसद् र प्रदेश सभाका सदस्यबाट निर्वाचित हुनुपर्ने व्यवस्था छ भने प्रदेश प्रमुख मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने र प्रदेश प्रमुखको पदावधि ५ वर्षको भए पनि सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्थाले सङ्घीय प्रणालीमा केन्द्रको नियन्त्रण प्रदेशमाथि हुने भएको देखिन्छ ।

प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार
– प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्ति गर्ने,
– मुख्य मन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्ने,
– प्रदेशको मुख्य मन्त्री र मन्त्रीलाई शपथ खुवाउने,
– प्रदेश मन्त्रीको बैठकलाई सम्बोधन गर्ने
– विधेयक प्रमाणीकरण गर्ने,
– अध्यादेश जारी गर्ने
– मुख्य मन्त्रीले पदबाट दिएको लिखित राजीनामा स्वीकृत गर्ने,
– सङ्घीय शासन लागू भएको कारणबाट प्रदेश कार्याकारिणी कायम नरहेमा नेपाल सरकारको निर्देशन बमोजिम प्रदेशको कार्यकारिणी अधिकार प्रयोग गर्ने ।

प्रदेश प्रमुखको योग्यताः
क) सङ्घीय संसद्को सदस्य हुन योग्य भएको,
ख) ३५ वर्ष उमेर पूरा भएकको,
ग) कुनै कानुनले अयोग्य नभएको,

प्रदेश प्रमुखको शपथः
प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन बमोजिम राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने,

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी दिनेः
क) प्रदेश मन्त्रिपरिषद्का निर्णय,
ख) प्रदेश सभामा पेश गरिने विद्येयक,
ग) उल्लिखित विषयमा प्रदेश प्रमुखले जानकारी मागेको अन्य आवश्यक विवरण,
घ) प्रदेशको समसामयिक परिस्थिति ।

प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाः
क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
ख) निजको ५ वर्षको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा,
ग) निजको मृत्यु भएमा,
– कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभए सम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्नेगरी तोक्न सक्ने,

२. प्रेस काउन्सिलको गठन के–कसरी हुने व्यवस्था छ ? लेख्नुहोस् ।

प्त्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्न तर्जुमा गरिएको प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस काउन्सिलको गठन देहाय बमोजिम हुने व्यवस्था छः

क) सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ट अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति मध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति– अध्यक्ष
ख) सभापति, नेपाल पत्रकार महासङ्घ– सदस्य
ग) पत्रकार, सम्पादक र प्रकाशक मध्येबाट पत्रकार सङ्घको परामर्श लिइई प्रत्येक क्षेत्रबाट दुई जनाको हिसाबले नेपाल सरकारले मनोनीत गरेको ६ व्यक्ति– सदस्य
घ) श्रमजीवि पत्रकार मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक व्यक्ति– सदस्य
ङ) पत्रकारिता लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्ति मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक व्यक्ति– सदस्य
च) साहित्यिक पत्रकारितासँग सम्बन्धित संस्थाले सिफारिस गरेका पत्रकार मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक व्यक्ति– सदस्य
छ) महा–निर्देशक, प्रेस सूचना विभाग– सदस्य–सचिव

काउन्सिलको अध्यक्ष तथा सदस्यको पदावधि ४ वर्षको हुने, अध्यक्ष वा कुनै सदस्यले पदावधि समाप्त नहुँदै पद त्याग गर्न चाहेमा अध्यक्षले नेपाल सरकार समक्ष र सदस्यले अध्यक्ष समक्ष लिखित राजीनामा पेश गर्नसक्ने व्यवस्था छ ।


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस