परीक्षाउपयोगी विशेष श्रृखंला ४८ « प्रशासन

परीक्षाउपयोगी विशेष श्रृखंला ४८


प्रकाशित मिति : ७ मंसिर २०७४, बिहीबार १०:५७

प्रतिनिधि सभा र प्रदेश सभाको गठन

प्रतिनिधि सभाको गठन

पहिलो हुने निर्वाचित हुने पद्धतिबाट चुनिने १६५ जना सदस्य र सिंगो नेपाललाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई खसेको मतका आधारमा निर्वाचित हुने ११० जना गरी जम्मा २७५ जना सदस्य रहने । (पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीतर्फ क्रमश ६० र ४० प्रतिशत)

प्रदेश सभाको गठन

पहिलो हुने निर्वाचित हुने ३३० (प्रतिनिधिसभा सदस्यको दोव्वर संख्या) जना र समानुपातिक प्रणालीबाट निर्वाचित हुने २२० गरी जम्मा सवै प्रदेशको गरी ५५० जना सदस्यहरु । (पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीतर्फ क्रमश ६० र ४० प्रतिशत) । हरेक प्रदेशमा यही मापदण्डको आधारमा प्रदेश सभा गठन हुनेछ ।


वस्तुगत प्रश्नहरु

१. चाम्लिङ, थुलुङ, कुलुङ जस्ता थरहरु कुन जातिअन्तर्गत पर्दछन् ?

२. पृथ्वीको सतह जहाँ पानी हावा माटोसहितको जीवित पदार्थ रहेको छ लाई के नाम दिइएको छ ?
(क) Lithosphere (ख) Biosphere (ग) Hydrosphere (घ) Atmosphere

३. “थाहा” उपनामले चिनिने कुन राजनीतिज्ञ हुन् जसको उपनामबाट अहिले मकवानपुरको एक नगरपालिकाको नामाकरण समेत भएको छ ?

४. TQM (Total Quality Management) को को अवधारणा अघि सार्ने अग्रणी विद्वानहरु को को हुन् ?

५. यदि कागज= २४९, मसी= ३७, किताव= ५१६ भए गजव= ?

सही उत्तरहरुस्

१. राई
२. (ख) Biosphere
३. रुपचन्द्र विष्ट
४. W. Edwards Deming, Jospeh Juran and Phillip B. Crosby
५. ४९६


छोटो प्रश्नोत्तर

१. समाजबादका आधारभूत तत्व वा मूल्य मान्यताहरु के के हुन् ?

  • स्वतन्त्रता
  • लोकतन्त्र
  • समृद्धि
  • राष्ट्रिय भावना
  • समानता
  • समर्पण
  • नागरिकपन
  • न्याय
  • सदाचारिता
  • सद्भाव
  • कानुनको शासन
  • साथित्वरभातृत्व

२. विकासका पूर्वाधार भन्नाले के के बुझिन्छ ?

कुनैपनि स्थान, बसोवास क्षेत्र वा शासकीय इकाईमा रहेका बासिन्दाको जीवनमा गुणात्मक रुपान्तरण हुने प्रकृया नै विकास हो ।

विकासका लागि आवश्यक पूर्वशर्त वा आधारभूत अवस्थालाई नै पूर्वाधार भनिन्छ । पूर्वाधारको महत्व स्थानअनुसार फरक पनि पर्न सक्दछ । तथापि समान्यतया निम्नलिखित ४ किसिमका पूर्वाधार तयार भएमा विकासले यथोचित गति लिने विश्वास गर्न सकिन्छ:

१. भौतिक पूर्वाधार: सडक, पुल दुरसञ्चार सिञ्चाई खानेपानी आदि ।
२. आर्थिक पूर्वाधार: उत्पादनका साधनहरुको उपलव्धता, वित्तीय स्रोतमाथिको पहुँच, लगानी वातावरण ।
३. सामाजिक सांस्कृतिक पूर्वाधार: कामको सम्मान, समूह भावना, सद्भाव, मौलिक मूल्य मान्यताको जगेर्ना जस्तै स् पर्म प्रणाली ।
४. नैतिक पूर्वाधार: भनाई र गराईमा समानता, नैतिक शिक्षा, अनुशासन ।


परीक्षाउपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” का शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस