लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ११:३६

वस्तुगत प्रश्नोत्तर

१. सन् २०१७ नोभेम्बर ३१ म प्रकाशित ‘डुइङ विजनेस’ नामक प्रतिवेदन अनुसार व्यवसायमैत्री वातावरणका हिसाबले दक्षिण एसियाली राष्ट्रमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
– तृतीय
– दक्षिण एसियामा भुटान सबैभन्दा राम्रो व्यावसायिक वातावरण भएको देश बन्न पुगेको ।
– १९० देश समेटेर तयार पारिएको सूचीमा नेपाल १०५ औं स्थानमा रहेको । गत वर्ष नेपाल १०७ औं स्थानमा थियो ।
– प्रतिवेदन अनुसार दक्षिण एसियाका राष्ट्रमा भुटानः ७५ औं, भारत १०० औं, श्रीलङ्का १११ औं, माल्दिभ्स १३६ औं, पाकिस्तान १४७ औं, बङ्गलादेश १७७ औं तथा अफगानिस्तान १८३ औं स्थानमा रहेका ।
– सो प्रतिवेदन अनुसार न्युजिल्यान्ड, सिँगापुर, डेनमार्क, दक्षिण कोरिया एवम् हङ्कङ् क्रमशः पहिलोदेखि पाँचौं स्थानमा रहन सफल भएका ।
– साना लगानीकर्ताको सुरक्षा सूचीमा नेपालले ६२ औं स्थान हासिल गर्न सफल भएको ।
– सोमालिया सूचीको सबैभन्दा पुछारमा रहेको । यमन गणतन्त्र, दक्षिणी सुडान, भेनेजुयला र इरिष्ट्रिया सूचीको अन्तिम पाँच देशमा परेका ।

२. वल्र्ड इकोनोमिक फोरमद्वारा सन् २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सूचीमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
– ८८
(वल्र्ड इकोनोमिक फोरमले १ सय ३७ देशमा गरेको अध्ययन प्रतिवेदनमा दक्षिण एसियाका ६ मुलुक समावेश गरिएकोमा नेपाल चौथो नम्बरमा रहेको । नेपाल बङ्गलादेश र पाकिस्तानभन्दा अगाडि रहेको । भारत ४० औं, भुटान ८२ औं र श्रीलङ्का ८५ औं स्थानमा पर्न सफल भएका ।)

३. फोब्र्सले हालै (सन् २०१७) सार्वजनिक गरेको विश्वका धनाढ्यको सूची अनुसार एसियाकै सबैभन्दा धनी व्यक्ति को बनेका छन् ?
– भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्वानी
(उनी ४२.१ अर्ब डलर सम्पत्तिको साथमा एसियाकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका । उनले चीनका हुई का यान (४०.६ अर्ब डलर) लाई पछाडि पार्दै यो उपलब्धि हासिल गरेका ।)

४. जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं. २०७४ कात्तिक १६, काठमाडौं
– नेपाल उद्योग वाणिज्य महासङ्घ र सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको संयुक्त आयोजनामा दक्षिण एसियाली युवा सम्मिलित सम्मेलन काठमाडौंमा सम्पन्न भएको ।
– जलवायु परिवर्तनका कारण, परिणाम र प्रभावका बारेमा थप सजगता, प्राकृतिक स्रोतको सुझबुझपूर्ण प्रयोगबाट वातावरण संरक्षण, क्षेत्रीय स्तरमा क्षमता अभिवृद्धि तथा आर्थिक सहयोग कोष जस्ता नीतिको माध्यमबाट युवालाई जलवायु परिवर्तनसँग जुध्न सक्षम बनाउने कार्यमा सम्मेलनले सहयोग पुर्याउने विश्वास ।

५. जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन ‘कोप–२३’ को आयोजना कहाँ गरियो ?
– जर्मनीको वोन
– जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता पछिको यो दोस्रो सम्मेलन हो । पेरिस सम्झौता पछिको सम्मेल नगत वर्ष मोरक्कोको माराकेसमा भएको थियो ।
– जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय वार्ताकारले अमेरिका पेरिस सम्झौताबाट बाहिरिए पनि प्रदूषक मुलुकका हिसाबले जिम्मेवारीबाट पन्छिन नपाउने जिकिर गर्दै आएका छन् । पेरिस सम्झौताको धारा २८ मा सम्झौता लागू भएको तीन वर्षपछि मात्र सूचना दिएर सम्झौतालाई परित्याग गर्न सक्ने व्यवस्था छ । त्यो हिसाबले ट्रम्पको निर्णयले औपचारिकता नपाउने जानकार बताउँछन् ।
– सम्मेलनमा नेपालले अति कम विकसित मुलुकको समूह (एलडीसी)सँग मिलेर पर्वतीय र हिमालय क्षेत्रमा परेको असर, क्षतिपूर्ति र अनुकूलनको मुद्दालाई गहन ढङ्गले उठान गर्ने ।
– सन् २०२० पछि जलवायु परिवर्तनको कारक हरितगृह ग्याँस उत्पादन गर्ने अमेरिका, चीन लगायतका विकसित मुलुकले अतिकम विकसित र विकासशील मुलुकलाई एक सय अर्ब अमेरिकी डलर दिने घोषणा भएको ।
– विकसित मुलुकले यूएनएफसीसीसी अन्तर्गतको हरित जलवायु कोष (जीसीएफ) को खातामा रकम जम्मा गर्ने व्यवस्था रहेको साथै सोही कोषको रकमबाट विकासोन्मुख देशमा जलवायु परिवर्तन सम्बन्धी नीति, कार्यक्रम र परियोजना सञ्चालन गर्न वित्तीय सहयोग प्राप्त हुने गरेको ।
– नेपाल जलवायु परिवर्तनको जोखिमका हिसाबले विश्वमै चौथो स्थानमा रहेको ।

६. उड्डयन क्षेत्रको जानकारी दिने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको दोस्रो एभिएसन म्युजियमको निर्णय कहाँ गरिएको छ ?
– सिनामङ्गल, काठमाडौं
– नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा वेद उप्रेती ट्रस्टद्वारा काठमाडौंस्थित सिनामङ्गलमा दोस्रो एभिएसन सङ्ग्रालय निर्माण गरिएको ।
– झण्डै सात करोड लगानीमा बनाइएको सो म्युजियमको पूरै संरचना एयरबसभित्र रहेको छ ।
– २०७१ साल पागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङका क्रममा दुर्घटना भएको टर्किस एयरको ३३०–३०० वाइड बडी जहाजमा सङ्ग्रहालय निर्माण गरिएको ।
– झण्डै २५ अर्ब रुपियाँ मूल्यको वाइड बडी जहाजमा बनाइएको सो सङ्ग्रहालयमा ३ सय ५० भन्दा बढी साना जहाज, राइट दाजुभाइले बनाएको जहाजको नमुना, एयरबस ३३० को ग्लास ककपिट, पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र आधुनिक युगमा प्रयोग भइरहेको युद्धका विमानसमेत अवलोकन गर्न सकिने ।
– फाउन्डेसनले यसअघि कैलालीको धनगढीमा पहिलो एभिएसन सङ्ग्राहलय सञ्चालनमा ल्याएको ।

७. काठमाडौंको कलङ्की चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’ निर्माणका लागि सहयोग गर्ने राष्ट्र कुन हो ?
– चीन
– चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणधीन ‘अन्डरपास वे’को कार्य अबको पाँच महिनाभित्र सम्पन्न हुने ।
– अन्डरपास वेको निर्माणसँगै यात्रुले अब कलङ्की चोकको झन्झटिलो ट्राफिक जामबाट राहत पाउने भएका ।

८. अमेरिकाको सन्फ्रान्सिस्कोमा अक्टोवर २५–२९ मा आयोजित फिल्म फेस्टिवलमा उत्कृष्ट विदेशी भाषाको फिल्म विधाको उवार्ड जित्ने नेपाली फिल्म कुन हो ?
– पञ्चायत
(फिल्म ‘पञ्चायत’ र उक्त फिल्मकी अभिनेतृ नीता ढुङ्गानाले अवार्ड प्राप्त गरेकी ।)

९.काउन्सिल अफ बोर्ड अफ स्कुल एजुकेसनमा आबद्ध संस्थाको अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?
– धुलिखेल (२०७४ कात्तिक)

१०. युरोपेली युनियन (ईयू)को स्थापना कहिले भएको हो ?
– सन् १९९३ नोभेम्बर १


विषयगत प्रश्नोत्तर

१.श्रम ऐन, २०७४ अनुसार रोजगारदाताले श्रमिकालई के–कस्तो प्रकारको रोजगारीमा लगाउन सक्ने व्यवथा गरको छ ?

श्रम ऐन, २०७४ अनुसार रोजगारदाताले श्रमिकलाई देहायको कुनै प्रकारको रोजगारीमा लगाउन सक्ने व्यवस्था छः

क) नियमित रोजगारी
कार्यगत रोजगारी, समयगत रोजगारी र आकस्कि रोजगारी बाहेक अन्य जुनसुकै प्रकारको रोजगारी

ख) कार्यगत रोजगारी
रोजगारदाताले श्रमिकलाई कुनै खास काम किटान गरी सो सम्पन्न गर्न तोकेर दिएको रोजगारी

ग) समयगत रोजगारी
रोजगारदाताले श्रमिकलाई निश्चित समयावधि तोकी सो अवधिभित्र कुनै काम सम्पन्न गर्ने गरी दिएको रोजगारी

घ) आकस्मिक रोजगारी
रोजगारदाताले श्रमिकलाई एक महिनाको अवधिमा सात दिन वा सोभन्दा कम अवधिको लागि कुनै काम सम्पन्न गर्नेगरी दिएको रोजगारी

ङ) आंशिक रोजगारी
हप्तामा ३५ घण्टा वा सोभन्दा कम समयमा काम सम्पन्न गर्नेगरी दिएको रोजगारी

२. नेपालमा राष्ट्रिय योजना आयोगको गठन कसरी गरिएको छ ? लेख्नुहोस् ।

राष्ट्रिय योजना आयेगको गठन तथा कार्य सञ्चालन आदेश, २०३७ अनुसार नेपालमा राष्ट्रिय विकासको नीति तथा योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न देहाय बमोजिमका अध्यक्ष, उपाध्यक्ष र सदस्य रहनेगरी राष्ट्रिय योजना आयोगको गठन गरिएको छः

क) प्रधानमन्त्री– अध्यक्ष
ख) नेपाल सरकारबाट नियुक्त एक– उपाध्यक्ष
ग) नेपाल सरकारबाट नियुक्त बढीमा सात– सदस्य
घ) मुख्य सचिव– सदस्य
ङ) अर्थ सचिव– सदस्य
च) राष्ट्रिय योजना आयोगको सचिव– सदस्य–सचिव

३. सामाजिक सुरक्षा कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।

योगदानमा आधिरित सामाजिक सुरक्षा ऐन, २०७४ ले सामाजिक सुरक्षा कोषका तर्फबाट सम्पादन गर्नुपर्ने काम कारबाहीको सञ्चालन, रेखदेख र व्यवथापनका लागि श्रम तथा रोजगार मन्त्रालयको सचिवको अध्यक्षतामा सामाजिक सुरक्षा कोष सञ्चालक समिति गठन गरी समितिको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ,
जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

– सामाजिक सरक्षा योजना सम्बन्धी नीति तर्जुमा गर्ने,
– सामाजिक सरक्षा सम्बन्धी विषयमा नेपाल सरकारलाई सुझाव दिने,
– सामाजिक सुरक्षा योजना, बजेट र कार्यक्रम स्वीकृत गरी कोषको सञ्चालन र व्यवस्थापन गर्ने,
– लगानी सम्बन्धी नीति तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेस गर्ने ।
– विभिन्न सामाजिक सुरक्षा योजनाको समुचित रूपमा सञ्चालन र व्यवस्थापन गर्न आवश्यक रकमको व्यवस्था गर्ने,
– कार्यकारी निर्देशकबाट सम्पादन हुने काम कारबाहीको समन्वय तथा अनुगमन गर्ने,
– सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक, स्वरोजगारमा रहेको व्यक्ति, सरकारी सेवामा बहाल रहेको व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्ति लगायतका सबै व्यक्तिको व्यक्तिगत विवरणको अभिलेख अद्यावधिक गरी राख्ने,
– सामाजिक सुरक्षा कोषको नियमित रूपमा लेखा परीक्षण तथा कोषको समग्र आर्थिक तथा वित्तीय अवस्थाको मूल्याङ्कन गर्ने वा गराउने,
– सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने,
– बेरोजगारी सुविधा पाउने श्रमशक्तिलाई शीघ्र रोजगारी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने,
– योगदानकर्तालाई परिचयपत्र वितरण गर्न लगाउने,
– नेपाल सरकारले समय समयमा दिएको निर्देशनको पालना गर्ने,
– तोकिए बमोजिमका अन्य कार्य गर्ने,


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस