सिरहा क्षेत्र नं. १ बाट अध्यक्ष ओलीको नाम सिफारिस « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिरहा क्षेत्र नं. १ बाट अध्यक्ष ओलीको नाम सिफारिस


२२ आश्विन २०७४, आइतबार


Nepal Telecom

लहान । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं. १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।

एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं. १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए ।

यस्तै एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं. १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं. २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ ।

प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले जानकारी दिए ।

नयाँ संरचनाअनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नं. १ मा लहान नगरपालिकासहित सखुवा ननकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, धनगढी नगरपालिकाको केही वडा र लक्ष्मीपुर पतारी गाउँपालिकाको केही वडा समेटिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस