निजामती प्रशासन पारदर्शी बन्ने कहिले ? « प्रशासन

निजामती प्रशासन पारदर्शी बन्ने कहिले ?


प्रकाशित मिति : २२ भाद्र २०७४, बिहीबार १६:३८

निजामती प्रशासनले अंगीकार गरेको आधारभूत मान्यता हो– पारदर्शिता र चुस्तता । नेपालको हकमा भन्ने हो भने निजामती प्रशासनप्रति सेवाग्राहीको प्रतिक्रिया सकारात्मक रहेको पाइँदैन । यो निजामती सेवाका लागि गम्भीर चुनौती हो ।

निजामती प्रशासनमा यसबारे बहस नचलेको पनि होइन । तर, व्यवहारिक कार्यान्वयन भने हुन सकेको छैन । कहिले बन्छ निजामती प्रशासन पारदर्शी र चुस्त ? अधिकांश सेवाग्राहीको प्रश्न हो यो । तर, उनीहरूले अहिलेसम्म गतिलो जवाफ पाउन सकेका छैनन् । सेवा गुणस्तरीय बनाउन राज्य किन मौन छ ? प्रश्न अनुत्तरित छ ।

नेपालमा निजामती सेवा गुणस्तरीय बन्न नसक्नुमा विभिन्न फ्याक्टर छन् । त्यो एउटा पाटो हो । यसलाई गुणस्तरीय बनाउनु आजको आवश्यकता हो । यही आवश्यकतालाई मनन् गरी यस वर्ष निजामती सेवा दिवसको नारा तय गरिएको छ– ‘निजामती कर्मचारीको प्रतिबद्धताः पारदर्शिता र चुस्तता’ ।

अब त निजामती प्रशासन साच्चै पारदर्शी र चुस्त बन्छ भन्ने कतिपयलाई लाग्यो होला । तर, नारा तय गरेर मात्र हुँदैन, त्यसको व्यवहारिक कार्यान्वयन गरिनु आवश्यक छ । अन्यथा नारा अर्थहीन बन्न जान्छ ।

निजामती सेवा गुणस्तरीय बन्न सके मात्र निजामती सेवाको लक्ष्य पूरा गर्न सकिन्छ । र, सार्वजनिक प्रशासनप्रति जनताको गुमेको विश्वास फर्कन सक्छ । यसका लागि सम्पूर्ण निजामती कर्मचारीको प्रतिबद्धताको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस