भाद्र ६ गते, २०७६

भदौ २० सम्म सबै स्थानीय तहमा न्यूनतम कर्मचारी पठाउँछुः मन्त्री बस्नेत

भेटाउन सकिएला त भदौ २१ तिर स्थानीय निकायमा कर्मचारी ! हेर्नुस् प्रतिबद्धताः

काठमाडौं । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले भदौ २० गतेसम्म सबै स्थानीय तहमा न्यूनतम कर्मचारी पठाइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा उनले यो कुरा बताएका हुन् ।

प्रतिबद्धता सार्वजनिक

सेवाप्रवाहमा सुधार गर्न मन्त्री बस्नेतले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थापन गर्न नीतिगत व्यवस्था गर्ने देखि कर्मचारी समायोजन विधेयक पारित गर्न विशेष पहल गर्ने, संरचनाको खाका दुई महिनामा तयार पारिनेलगायत ४८ बुँदे कार्ययोजना अघि सारेका छन् ।

सात पृष्ठको प्रतिबद्धता पत्रमा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निकायको सुधार, कर्मचारी सरुवा तथा काजको व्यवस्थापन, निजामती कर्मचारीका लागि कल्याण कार्यक्रम, सेवा प्रवाहमा सुधार ल्याउनेलगायत उल्लेख गरिएको छ ।

यसअघिका मन्त्रीले पनि थुप्रै प्रतिबद्धता गरे पनि पालना गर्न सकेका थिएनन् । उनका कति प्रतिबद्धता पालना हुन्छन्, त्यो भने समयले नै देखाउने छ ।

हेर्नुस् प्रतिबद्धताः

 

 

तत्काल आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाइने– मन्त्री बस्नेत

भाद्र १ गते, २०७४ - १९ः०४ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg