संविधान निर्माण ऐतिहासिक उपलब्धि– नेता केसी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संविधान निर्माण ऐतिहासिक उपलब्धि– नेता केसी


१५ श्रावण २०७४, आइतबार


विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे ।

असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्रेस लागेको प्रसंग उल्लेख गर्दै उनले पहाडलाई पन्छाएर मधेश र मधेशलाई पन्छाएर पहाड होइन कि सबैको धर्म, संस्कृति र अधिकारलाई सम्मान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

डा. गोविन्द केसीको मागको सन्दर्भमा उनले राज्यले व्यक्तिसँग जे जस्तो सम्झौता गरेपनि त्यस सम्झौतालाई पूरा नगर्नु दुर्भाग्यपूर्ण भएको धारणा प्रकट गरे । उनले आफू गुट उपगुटको विरोधी रहेको र पार्टीभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याउएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस