गृह प्रशासन सुधारका लागि इमान्दार प्रयत्न गर्नेछु: गृहमन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृह प्रशासन सुधारका लागि इमान्दार प्रयत्न गर्नेछु: गृहमन्त्री शर्मा


५ श्रावण २०७४, बिहिबार


ललितपुर । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधारका लागि आफू इमान्दार प्रयत्न गर्ने बताएका छन् ।

बुधबार सुमेरु ग्रुपको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, “मैले चमत्कारी ढङ्गले केही गर्छु भन्दिन, इमान्दार भएर काम गर्ने मेरो प्रतिबद्धता हो, त्यसबाट विचलित हुने छैन ।”

शान्ति सुरक्षा स्थापित गर्ने प्रहरी राज्यको पहिलो हात र जनताको पहिलो सहयोगी भएको गृहमन्त्रीको भनाइ थियो । उनले भने, “प्रहरी सङ्गठनको समस्या समाधान गरेर व्यवस्थित परिचालन गर्दा मनोबल बढ्ने र जनताको समस्या समाधान हुने भएकाले मैले त्यसतर्फ प्रयत्न गरिरहेको छु ।”

स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै केन्द्र र प्रदेशको निर्वाचनका लागि समेत सरकारले तयारी सुरु गरिसकेको मन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस