पोखरामा पहिरोका कारण घर पुरियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरामा पहिरोका कारण घर पुरियो


१३ असार २०७४, मंगलबार


पोखरा । अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ ।

घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते भएका छन् भने श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल भएका छन् ।

मानवीय तथा चौपायाको कुनै क्षति नभए पनि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवम् भाडावर्तन पुरिएर नष्ट भएको र अहिले स्थानीय जनता र प्रहरीको सक्रियतामा उद्धार कार्य भइरहेको वडाध्यक्ष ओम सुवेदीले जानकारी दिए ।

वर्षाका कारण पोखरा–बागलुङ सडकखण्डको फेदीमा पहिरो गई बन्द भएको बाटो रातिनै डोजरको सहयोगले खुलाई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस