एनसेलले सरकारलाई तिर्‍यो साढे १३ अर्ब लाभकर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एनसेलले सरकारलाई तिर्‍यो साढे १३ अर्ब लाभकर


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७४, आइतबार


काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ ।

आन्तरिक राजस्व विभागकाअनुसार आज एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजीगत लाभकर दाखिला गरेको हो ।

लामो समयदेखिको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको छ । विभागकी उपमहानिर्देशक चन्द्रकला पौडेलका अनुशार एनसेलले ठूलो करदाता कार्यालयमा सो रकम बुझाएको विभागलाई जानकारी गराएको छ ।

एनसेलले यसअघि पनि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो । लामो समदेखि कर तिर्ने नतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै थप १३ अर्ब कर दाखिला गरेको हो ।

प्रतिक्रिया दिनुहोस