एमालेले संसद चल्न नदिएको भन्दै आपत्ति « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

एमालेले संसद चल्न नदिएको भन्दै आपत्ति


२१ जेष्ठ २०७४, आइतबार


कठमाडौं । भरतपूर महानगरपालिकाको बिषयलाई लिएर नेकपा एमालेले संसद चल्लन नदिएको प्रति नेपाली काँग्रेस आवद्ध विभिन्न भातृ तथा सुवेक्षुक संस्थाहरुले आपत्ति जनाएका छन् ।

दलित संघका अध्यक्ष मीन् विश्वकर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, डेमोक्र्याटिक लयर्स एशोसिएसनका अध्यक्ष भरतप्रसाद पोखरेल, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला र नेपाल किसान संघका अध्यक्ष गणेश तिमिल्सिनाले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्ति मा संसदका काम कारवाहीहरू अवरोध गर्नु गराउनु र आफ्नो पार्टी एवं भातृ संघ संगठनमार्फत संवैधानिक अंगलाई सडक र सदन आन्दोलनमार्फत विवादित बनाउने काम असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक, अशोभनीय र निन्दनीय भएको उल्लेख छ ।

संविधान कार्यान्वयन एवं निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने विशेषाधिकार सुनिश्चित गर्ने र मुलुकलाई अनिर्णयको बन्दी नबनाई अग्रगमनतर्फ डो¥याउन राजनीतिक सहमति निर्माण गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई महसूस गरि जिम्मेवार बन्न नेकपा एमालेलाई बिज्ञप्ति मार्फत अपिल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस