भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै « प्रशासन

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै


प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार १६:११

काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

ज्ञवाली ३४,७६८ मतका साथ अग्रस्थानमा छन् भने उनलाई माओवादी केन्द्रकी रेणु दाहाल ३३,१४१ मतका साथ पछ्यायी रहेकी छिन् ।

त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह ३६,३०८ मतका साथ अग्रता लिइरहेकी छिन भने एमालेकी दिब्य शर्मा ३०,९९९ मतका साथ शाहलाई पछ्यायी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस