लेखनाथ महानगर ३३ मा एमाले विजयी « प्रशासन

लेखनाथ महानगर ३३ मा एमाले विजयी


प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार १५:५३

पोखरा । लेखनाथ महानगरपालिका वडा नं. ३३ मा नेकपा एमालेको समूह नै विजयी भएको छ । सो वडाको वडाध्यक्षमा एमालेका शिवप्रसाद आचार्य २३ हजार ७३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज आचार्यले १७ हजार ६९ मत ल्याएका थिए ।

महिला सदस्यमा शान्तिदेवी आचार्य, दलित महिला सदस्यमा शोभा सर्किनी, खुल्ला सदस्यमा लीलबहादुर श्रेष्ठ र दीपकराज लामिछाने निर्वाचित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस