डुबेर बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला « प्रशासन

डुबेर बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला


प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार १५:०७

नवलपरासी । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासीको गैँडाकोट–१ को नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका बालक नदी छेउमै मृत अवस्थामा फेला परेका हुन् ।

नदीको छेउमा नवलपरासी गैँडाकोट–१ का १८ वर्षीय आशिष श्रेष्ठ र गैँडाकोट–८ का १७ वर्षीय भूपेन्द्र केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खोजीका लागि आएको गोताखोरको टोली, प्रहरी र विपद् व्यवस्थापनको टोलीले बालकको शव फेला पारेको हो । दुबैको शव मुचुल्का गरी परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ । शव आजै शव निरीक्षण गरी परिवारलाई बुझाइने प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस