सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ « प्रशासन

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ


प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहीबार १६:३२

चितवन । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार यही जेठ १५ गते सैन्य भर्नाको प्रवेश अनुमतिपत्र ल्याउने र असार २ गतेदेखि तालिममा सहभागी गराउने भन्दै युवासँग प्रतिव्यक्ति दुई लाखका दरले रकम उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । उठाइएको एक लाख ५० हजारसमेत सुनुवारबाट बरामद गरिएको छ । उनले छ-सातजनासँग रकम ठगी गरेको प्रहरीको अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस