सर्पले डसेर बालिकाको मृत्यु « प्रशासन

सर्पले डसेर बालिकाको मृत्यु


प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहीबार १६:०७

राजविराज । विषालु गोमन सर्पको डसाइबाट आज यहाँ एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ ।

बिहिबार बिहान आफ्नै घर अगाडि आँगन बढार्ने क्रममा बालिकालाई सर्पले डसेको थियो ।

सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेकी उनको विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस