हेटौँडा उपमहानगरमा एमाले विजयी « प्रशासन

हेटौँडा उपमहानगरमा एमाले विजयी


प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार १९:३४

जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका हरिबहादुर महत २३ हजार १२४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा एमालेकै मिना लामाले २३ हजार ४३६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत प्राप्त गरे ।

त्यस्तै वडा ११ को वडा अध्यक्षमा एमालेका गोकर्ण पराजुलीले एक हजार ४९३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका अर्जुनप्रसाद शर्माले एक हजार २५१ मत प्राप्त गरेका थिए ।

हेटौँडा उपमहानगरपालिकामा ८३ हजार ५९३ मतदातामध्ये ६२ हजार ८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस