२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकाधिकार तोड्दै आजबाट चल्ने भो भक्तपुरमा साझा बस

अ+ अ-

भक्तपुर । भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्दै छ ।

भक्तपुरमा बस सञ्चालन गर्ने साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म बुधबार बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेले भने, “प्रत्यक दिन बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझा बस बिहान ६ः३० देखि राति ९ बजेसम्म बस चल्नेछ ।” साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गर्न लागेको उनले बताए ।

सूर्यविनायकबाट फर्कने क्रममा भने केही रुट परिवर्तन गरिएको छ । फर्कंदा भक्तपुरबाट माइतीघर पुरानै रुटअनुसार आउने र त्यहाँबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घन्टाघर, पुरानो बसपार्क, सहिदगेट, त्रिपुरेश्वर, कलङ्की हुँदै स्वयम्भू पुग्ने प्रमुख कार्यकारी निर्देशक पाण्डेले बताए ।

स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४४ वटा बसलाई व्यवस्थापन गरेर भक्तपुरसम्म लैजान लागेको उनले बताए । साझाले भक्तपुरको नयाँबाटो र पुरानो बाटो गरी दुवै रुटमा बस सञ्चालनका लागि अनुमति माग गरे पनि यातायात व्यवस्था विभागले भने नयाँ रुटमा मात्रै बस सञ्चालन गर्ने अनुमति दिएको पाण्डेले बताए ।

कार्यकारी निर्देशक पाण्डेले भने, “पहिलो चरणमा भक्तपुरको नयाँ बाटोमा मात्रै अनुमति पाएका छौँ, यहाँ २० वटा बस सञ्चालन गर्नेछौँ, विभागले पुरानो बाटोका लागि पनि अनुमति दिएलगत्तै दुईवटै रुटमा साझाका बस सञ्चालन गर्छौं ।”

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, निकोसेरा, ब्यासी हुँदै कमलविनायक भएर नयाँ बाटो हुँदै फर्किने गरी रुट मागे पनि हाललाई त्यो रुट भने पाउन सकेन । साझाका ४६ बसमध्ये हाल दुईवटा बस लामो दूरीमा सञ्चालन गरे पनि लामो दूरीका लागि बस थप्न १२ वटा नयाँ डिलक्स बस खरिद प्रक्रियामा अगाडि बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस