अधिकारक्षेत्र सबैले बुझौँ « प्रशासन

अधिकारक्षेत्र सबैले बुझौँ


प्रकाशित मिति : २६ बैशाख २०७४, मंगलवार १४:४३

राष्ट्रगुरु योगी नरहरिनाथका सामग्री संरक्षणका निमित्त केही दिन पहिले योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय, मृगस्थलीमा सरकारका प्रतिनिधिहरूसहितको वैठक बस्यो । वैठकमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, गुठी संस्थानका अध्यक्ष लक्ष्मणराज ज्ञवाली, नेपाल संस्कृत विश्वविद्यालय दाङ्का उपकुलपति कुलप्रसाद कोईराला, पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयका प्रतिनिधिहरू, गुठी संस्थान भद्रकालीका प्रमुख राजेन्द्र दाहाललगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रा. डा. करवीरनाथ योगी र डा. चिन्तामणि योगीले संयोजन गर्नुभएको थियो । यस वैठकमा योगी नरहरिनाथका सामग्रीहरू संरक्षणका लागि मुख्यतया २ वटा विषयमा छलफल प्रारम्भ भएको थियो ।

पहिलो विषयमा कुनै विवाद थिएन र हुँदैन पनि । योगी नरहरिनाथका सामग्रीहरूको अध्ययनका लागि विद्वद् सम्मेलनको आयोजना गर्नका लागि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिज्यूको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गर्ने भन्ने रहेको थियो । श्रीबृहद् आध्यात्मिक परिषद् पनि यही चाहन्छ । योगी नरहरिनाथले संग्रह गर्नुभएका सामग्री राष्ट्रको सम्पत्ति हो, राष्ट्रकल्याणका लागि यीनको सदुपयोग गर्नुपर्दछ भन्ने नै परिषद्को मूल ध्येय हो । स्वदेशी विद्वान्हरू एवम् आफ्नो देशले सदुपयोग गर्न नपाउँदै कुनै पनि विदेशी व्यक्ति वा संघसंस्थालाई यी सामग्री दिइनेछैन भनेर परिषद्ले निर्णय नै गरिसकेको विषय हो । विद्वत् सम्मेलनका निमित्त नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिज्यूलाई श्रीबृहद् आध्यात्मिक परिषद्ले पूर्ण रूपमा सहयोग गर्नेछ ।

दोस्रो विषय सामग्रीहरू संरक्षणका निमित्त गुठी संस्थानले पहिले नै बनाएको समितिको नेतृत्वमा श्रीबृहद् आध्यात्मिक परिषद्का २ जना मान्छेहरूलाई समेटेर समिति बनाउने भन्ने थियो । प्रस्ताव प्रस्तुत गर्ने समयमा श्रीबृहद् आध्यात्मिक परिषद्ले आफुखुशी सामान सारेको, पुस्तक प्रदर्शनी गरेको, पुस्तकालय बनाएकोले अपराध गरेको भन्ने कुरा उठाइयो । यस विषयमा हाम्रो गम्भिर आपत्ति रह्यो । मनगढन्ते कानूनको हवाला दिँदै मठाधीशहरूमाथि मनोवैज्ञानिक प्रभाव पारेर शोषण गरिरहेको, योगी नरहरिनाथका सामग्रीहरूको कन्तविजोग बनाएको, कागजात संरक्षण गर्नका लागि गुठी संस्थान ऐनमै नभएको व्यवस्थाका विपरित उसकै नेतृत्वमा बसेर, उसलाई नै ठूलदाई मानेर, अपराधिको नेतृत्वलाई स्वीकार गरेर काम गरी राष्ट्रिय स्वाभिमानमाथि आँच पु¥याउने प्रस्ताव स्वीकार गर्नसक्ने क्षमता हामीसँग थिएन । स्वाभिमानी पुरुषका निमित्त नालायक गुठी संस्थानको हण्डि खाएर दास बन्नुभन्दा आत्महत्या उपयुक्त हुन्छ । राष्ट्रगुरुको योगदान जीवन्त राख्नका निमित्त अपराधिको हण्डिभन्दा आत्मदाह नै रोज्नेछौँ । यसकारण यसपछिको छलफल कार्यक्रम विथोलियो । कत्ति पनि पश्चाताप छैन ।


१३ वर्षसम्म ताल्चा लगाइदिने तर संरक्षण नगरिदिने र सडाइदिने संस्थाको यी सामग्रीउपर कुनै पनि प्रकारको नैतिक अधिकार स्थापित हुनै सक्दैन ।


सम्मानीत अदालतले कुनै पनि व्यक्ति राज्य विप्लव वा जघन्य अपराधमा दोषि प्रमाणित भई सर्वस्वहरण गर्ने फैसला नगरेसम्म नागरिकको व्यक्तिगत सम्पत्तिउपर नागरिकको आधिकारिक उत्तराधिकारीबाहेक अन्य कसैको पनि हकदावी कायम हुन सक्दैन । नेपालको संविधानले नागरिकको मौलिक अधिकारको व्यवस्था अन्तर्गत नागरिकको सम्पत्तिमाथिको अधिकारलाई सुनिश्चित गरेको छ । राष्ट्रगुरु योगी नरहरिनाथ सम्मानित अदालतबाट दोषि प्रमाणित व्यक्ति होइनन् । गुठी संस्थान योगी नरहरिनाथको आधिकारिक उत्तराधिकारी संस्था पनि होइन, सरकारी निकाय हो ।

यदि योगी नरहरिनाथ सजायभागी अपराधि नै हुन् भने पनि सम्मानीत अदालतको फैसलालाई कार्यान्वयन गर्ने र अपराधिलाई कानूनको परिधिभित्र रहेर सजाय दिलाउने काम प्रहरी प्रशासनको हो, गुठी संस्थानको होइन । योगी नरहरिनाथको सम्पत्ति भनेको गोरखनाथको सम्पत्ति पनि होइन । गोरखनाथको महन्त गुठी संस्थानले नियुक्त गरेको र तिनै महन्त श्रीबृहद् आध्यात्मिक परिषद्को अध्यक्ष भएकोले योगी नरहरिनाथको सम्पत्तिउपर गुठी संस्थानको हक अधिकार कायम हुन्छ भन्ने ठानियो भने पागलपन नै ठहरिने छ ।

गुठी संस्थानले गुठी संस्थान ऐन, २०३३ ले प्रदान गरेको अख्तियारको दुरुपयोग गर्ने घृष्टता गर्नेछैन भन्ने हामीले विश्वास गरेका छौँ । योगी नरहरिनाथ आश्रम, मृगस्थलीमा रहेका सामग्रीहरू योगी नरहरिनाथकै आधिकारिक उत्तराधिकारीले राष्ट्रकल्याणका लागि संरक्षण गर्न पाउने सम्पत्ति हो । यही आधारमा सामग्री संरक्षण गरिएको हो, सार्वजनिक पुस्तक प्रदर्शनी गरिएको हो । योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय स्थापना गरिएको हो । दूर्लभ पुस्तकहरू प्रकाशन पुनप्र्रकाशन गरिएको हो । यी सामग्रीहरू गुठी संस्थानको नभई राष्ट्रगुरुको भएकोले उपरोक्त कामहरू गर्नका लागि गुठी संस्थानको स्वीकृतिको आवश्यकता हुँदैन । संरक्षण गर्न नसक्ने हुतिहारा पाजीहरूको हकदावी हुनै सक्दैन ।

पुस्तक प्रदर्शनी गरेर आर्जन भएको रकम दुरुपयोग भएको छ वा छैन भन्ने विषयमा नेपाल सरकारले छानवीन समिति गठन गरेर परीक्षण गर्न सक्दछ । सङ्गलन भएको आर्थिक सहयोगले योगी नरहरिनाथका दूर्लभ पुस्तकहरूको पुनप्र्रकाशन भइरहेका छन् । विगत १३ वर्षसम्म ताल्चा लगाइदिने तर संरक्षण नगरिदिने र सडाइदिने संस्थाको यी सामग्रीउपर कुनै पनि प्रकारको नैतिक अधिकार स्थापित हुनै सक्दैन । ताल्चा लगाउनेले संरक्षण पनि गर्नुपर्छ । नोक्सान भएमा जीम्मेवारी स्वीकार गर्नुपर्दछ, क्षतिपूर्ति तिर्नु पर्दछ । कागजात संरक्षण पनि नगरिदिने अनि रकमी कुरा गरेर अर्कालाई दोषि, अपराधि देख्ने गुठी संस्थानको नालायकीलाई कुनै पनि सभ्य समाजले स्वीकार गर्न सक्दैन ।


हाल पुस्तकालय रहेको सत्तलको माथिल्लो तलामा रहेका नष्ट भएका सामग्रीहरू गुठी संस्थानको नालायकीका कारण राष्ट्रलाई भएको अपुरणीय क्षति हो ।


प्रचलनमै नरहेको मनगढन्ते कानूनी व्यवस्थाको हवाला दिँदै काइते कुरा गरेर आमजनमानसलाई उल्लू बनाउन सकिन्छ भन्ने भ्रम फैलाउँदा गुठी संस्थानजस्तो सम्मानित संस्थाप्रति सहानुभूति बढ्ने नभई आमघृणा बढ्दै जाने कुरामा बेलैमा सजग रहनु आवश्यक छ । त्यसैगरी योगी नरहरिनाथको भक्त हुँ, अनुयायी हुँ वा शिष्य हुँ भनेर योगी नरहरिनाथका सामग्री सडाइदिने अपराधिहरूको मतियार बनी गुरुघात गर्ने अधिकार पनि कसैलाई हुन सक्दैन । यो अक्षम्य अपराध हो । योगी नरहरिनाथजस्ता प्रकाण्ड विद्वान् राष्ट्रपुरुषका अनुयायीहरू राष्ट्रघाति र गुरुघातिहरूको मतियार हुनै सक्दैनन् । गुठी संस्थानजस्ता सरकारी निकायहरूले गर्ने यसप्रकारका अमर्यादित एवम् अशोभनीय व्यवहारले राज्यको शासनप्रणाली र राज्य व्यवस्थाप्रति आमजनमानसको विश्वास हराउन जान्छ । आफ्ना नालायक कर्मचारीहरूको विश्वासमा परेर राज्यको शासनप्रणालीप्रति गद्दारी गर्ने छुट कसैलाई हुन सक्दैन ।

गुठी संस्थानको कार्यप्रकृति अनुसार पुस्तक तथा हस्तलिखित अभिलेख र ग्रन्थहरूको संरक्षण संवद्र्धन गर्ने काम गुठी संस्थानको होइन र उसको अधिकारक्षेत्र पनि होइन । उसको विषयविज्ञता पनि होइन । योगी नरहरिनाथ अपराधि प्रमाणित भएको व्यक्ति होइनन् जसको सम्पत्तिमाथि गुठी संस्थानले बल प्रयोग गरी ताल्चा लगाउन सक्थ्यो । यसको क्षतिपूर्ति गुठी संस्थानले तिर्नु पर्दछ, त्यसपछि मात्रै अन्य कुरा गरिने छ । गुठी संस्थानले प्रकाशन गरेको गुठी लगत पुस्तकमा पनि योगी नरहरिनाथका सामग्री संलग्न छैनन्, हुन पनि सक्दैन । किनभने गुठी घोषणा नगरिएको कसैको व्यक्तिगत सम्पत्ति गुठी संस्थानको सम्पत्ति हुन सक्दैन । जुन सम्पत्ति गुठी संस्थानको होइन त्यसको लगत प्रकाशन गर्न पाइदैन भन्ने कुरा सबैलाई थाहा भएकै विषय हो ।

हाल पुस्तकालय रहेको सत्तलको माथिल्लो तलामा रहेका नष्ट भएका सामग्रीहरू गुठी संस्थानको नालायकीका कारण राष्ट्रलाई भएको अपुरणीय क्षति हो । यसको जवाफदेही गुठी संस्थानको हो । यसको क्षतिपूर्तिको दायित्व पनि गुठी संस्थानकै हो । गुठी संस्थानले गोरखनाथमठको महन्त नियुक्त गर्न सक्दछ, तर योगी नरहरिनाथको व्यक्तिगत सम्पत्तिमाथि बलजफ्ति अधिकार कायम गर्न सक्दैन । राष्ट्रिय अभिलेखालय वा राष्ट्रिय पुस्तकालय वा विश्वविद्यालयहरूले योगी नरहरिनाथका सामग्रीहरूको संरक्षण गर्ने प्रस्ताव गरेमा सहर्ष स्वीकार्य हुन सक्दछ तर अधिकारविहीन संस्थाले नभएको अधिकार प्रयोग गर्न तम्सियो भने यसको प्रतिवाद सम्पूर्ण नागरिकले गर्नेछन् । प्रचलित ऐन कानूनको दुरुपयोग गरी राष्ट्रगुरु योगी नरहरिनाथले समाज र राष्ट्रकल्याणका निमित्त संग्रह गरेका सामग्री सडाइदिने तत्व सज्जन ठहरिने र प्रचलित ऐन कानूनको मर्यादाभित्र रहेर सामग्री बचाउने पक्ष अपराधि हुने गुठी संस्थानको दुःशासन प्रस्ताव कदापि स्वीकार्य हुन सक्दैन । अन्याय र अत्याचार सहनु पनि अपराध नै हो । तसर्थ सम्पूर्ण सामग्री सडाइदिने नालायकहरूको नेतृत्व स्वीकार गरेर गुठी संस्थानले गरेका अपराधजन्य कुकृत्यहरूलाई चोख्याउने काम गर्न प्रकाण्ड विद्वान् राष्ट्रगुरु योगी नरहरिनाथका अनुयायीहरूका निमित्त सम्भव पनि छैन र गरिनु पनि हुँदैन । आत्मनः प्रतिकुलानी परेषां न समाचरेत् … आफुलाई अप्रिय लाग्ने व्यवहार गरियो या धर्मो रक्षति रक्षितः धर्मो एव हतो हन्ति, तस्माद् धर्मो न हन्तव्यो, मा नो धर्मो हतो वधित् … धर्म हनन् गर्ने प्रयत्न गरियो भने आफ्नो गति पनि दुःखदायी नै हुन्छ । को सज्जन र को दूर्जन भन्ने कुरा भोलीका दिनले स्पष्ट गर्ला नै ।

गुठी संस्थानले सहमती दिएन भने संरक्षण हुँदैन भन्ने भ्रममा पनि कोही नपरौँ । गुठी संस्थानले नगर्दैमा संरक्षणका काम रोकिएको पनि छैन र रोकिदैन पनि । निरन्तर संरक्षण भई नै रहेको छ । निश्वार्थ संरक्षणका निमित्त मृगस्थलीको ढोका खुला छ । राष्ट्रको सम्पत्ति संरक्षणका निमित्त हातेमालो गर्नु पुण्यदायी कार्य हो । जनताको सम्पत्ति हो जनताले नै संरक्षण गरिरहेका छन् । नरहरिनाथका सामग्री संरक्षणका निमित्त गुठी संस्थानलाई अघि लगाउनु असंवैधानिक, गैरकानूनी र राज्यको प्रचलित ऐन कानूनको मर्यादा विपरित हो । गम्भिर अपराध हो । प्रचलित ऐन, कानूनको उल्लंघन गर्नु राष्ट्रघात हो । गुठी संस्थान ऐन, २०३३ मा योगी नरहरिनाथका सम्पत्तिको सुरक्षा गुठी संस्थानले गर्नेछ भनेर उल्लेख छैन । नेपालको संविधान, प्रचलित ऐन कानूनको अक्षरसः पालना गर्दै कानूनले निर्दिष्ट गरेको परिधिभित्र रहेर आफ्ना गतिविधिहरू सम्पादन गर्न श्रीबृहद् आध्यात्मिक परिषद् पूर्ण प्रतिवद्ध रहेको छ । तर, मनगढन्ते र उडन्ते तर्कहरूको कडा प्रतिवाद गरिरहने छ । योगी नरहरिनाथजस्ता विद्वान् राष्ट्रवादी गुरुको संस्था श्रीबृहद् आध्यात्मिक परिषद्ले राष्ट्रघात गर्नै सक्दैन । राष्ट्रहित विपरितका क्रियाकलापहरू परिषद्बाट कुनै हालतमा पनि हुन सक्दैनन् । समाजमा भ्रम श्रृजना गरेर दादागिरी गर्ने गुठी संस्थानको षड्यन्त्रको पर्दाफास हुनु जरूरी छ । योगी नरहरिनाथका मान्छेहरू वा श्रीबृहद् आध्यात्मिक परिषद्ले गुठी संस्थानको अधिकार उल्लंघन गरेर अपराध गरेको हो भने गुठी संस्थान अहिलेसम्म के हेरेर बसेको छ ? ऐन, कानूनको प्रक्रिया पु¥याएर कार्यवाही गरे श्रीबृहद् आध्यात्मिक परिषद् जुनसुकै सजाय भोग्न पनि तयार छ ।


आफुलाई अप्रिय लाग्ने व्यवहार गरियो या धर्म हनन् गर्ने प्रयत्न गरियो भने आफ्नो गति पनि दुःखदायी नै हुन्छ । को सज्जन र को दूर्जन भन्ने कुरा भोलीका दिनले स्पष्ट गर्ला नै ।


तसर्थ, सबैले आ–आफ्नो हक, अधिकार र राष्ट्रिय कर्तव्य बुझ्न जरूरी छ । पाशुपतक्षेत्रभित्र रहेका मठमन्दिर संरक्षण संवद्र्धन गर्ने एवम् भौतिक पूर्वाधारको विकास गर्ने जिम्मेवारी पशुपतिक्षेत्र विकास कोषको हो । मन्दिरभित्र रहेका मूर्ती गरगहना एवम् खजाना र गुठीहरूको संरक्षण संवद्र्धन तथा व्यवस्थापन गरी नागरिकको सांस्कृतिक अधिकारको सम्मान गर्ने जिम्मेवारी गुठी संस्थानको हो । मठमन्दिरमा रहेका प्राचीन मूर्ती, वास्तुकला, प्रस्तर अभिलेख आदिको संरक्षण संवद्र्धन गर्ने जिम्मेवारी पुरातत्व विभागको हो । मठमन्दिरमा रहेका प्राचीन हस्तलिखित ताम्रपत्र, भोजपत्र, अभिलेखपत्र, ऐतिहासिक कागजात आदिको संरक्षण संवद्र्धन गर्ने जिम्मेवारी राष्ट्रिय अभिलेखालयको हो । योगी नरहरिनाथका सामग्रीहरू संरक्षण संवद्र्धन गर्ने जिम्मेवारी योगी नरहरिनाथका आधिकारिक उत्तराधिकारीहरूको हो । श्रीबृहद् आध्यात्मिक परिषद्को हो । सबैले आ–आफ्नो परिधिभित्र रहेर कार्य ग¥यो भने एकअर्काबीच सम्मानित हुने अवस्था रहन्छ । अर्काको क्षेत्राधिकारभित्र हस्तक्षेप गरियो भने अपमानित हुनु स्वाभाविक नै हो । अरूलाई सम्मान गर्न नसक्नेहरू पनि सम्मानयोग्य हुन सक्दैनन् ।

तसर्थ नेपाल सरकारको गुठी संस्थान आफ्नो कार्यक्षेत्राधिकारका बारेमा स्पष्ट हुन र काइते भाषाको प्रयोग गर्न छोड्नु जरूरी छ । नत्र आफ्नै जीउको खरानी उडाउने कुरा मात्र हुनेछ । नेपाली भाषामा लेखिएको गुठी संस्थान ऐन, २०३३ सबै नेपालीले पढ्न जानेका छन्, पढेका छन्, बुझेका छन् । पाशुपतक्षेत्र विकासका निमित्त गठित समितिका पदाधिकारीज्यूहरू पनि एकअर्काको अधिकारक्षेत्रबारे परिचित हुन आवश्यक छ । यसो गरियो भने अख्तियारको दुरुपयोग हुँदैन । गुठी संस्थान ऐन, २०३३ को पूर्ण परिपालनाका निमित्त गुठी संस्थान कटिवद्ध हुनु पर्दछ, त्यसलाई सहयोग गर्ने सम्पूर्ण नेपालीको कर्तव्य हो । गुठी संस्थान ऐन, २०३३ ले दिएको अधिकार प्रयोग गर्न, गराउन र सफल कार्यान्वयन गराउनका निमित्त श्रीबृहद् आध्यात्मिक परिषद्को सदैव सहयोग रहने छ । तर, ऐनले व्यवस्था गरेको आप्mनो अधिकारक्षेत्र मिचेर योगी नरहरिनाथका सामग्रीहरू सडाइदिने अनि मरिसकेको लासमाथि आप्mनो अधिकार स्थापित गर्न चाहने दिवास्वप्न देख्न खोज्ने गुठी संस्थानको दादागिरी कदापि स्वीकार गर्न सकिदैन ।

काठको बन्दूक देखाएर मृगस्थली वरिपरीका चारखुट्टे बाँदरलाई तर्साउन सकिन्छ, दुईखुट्टे सभ्य समाजलाई तर्साउन सकिदैन । गुठी संस्थानले बारम्बार यही प्रवृत्ति दोहो¥याउँदै गयो भने यसबाट श्रृजना हुनसक्ने अप्रिय घटनाको जिम्मेवारी गुठी संस्थानकै रहने छ । अन्य सरोकारवाला निकायहरूलाई ऐनले तोकेको जिम्मेवारी अनुसारको कार्यको सफल कार्यान्वयनका निमित्त श्रीबृहद् आध्यात्मिक परिषद्को सदैव सहयोग रहने छ ।

 

र यो पनि

आगो लगाउनेले खरानी पनि सोहोर्न सक्नुपर्छ

छातिमा गोली थाप्न तयार छौँ गुठी संस्थानलाई त कुनै हालतमा पनि दिन्नौ

प्रतिक्रिया दिनुहोस