छन्द र अलंकार विमोचन « प्रशासन
prasaLogo
१७ बैशाख २०७४, आईतवार

छन्द र अलंकार विमोचन


प्रकाशित मिति : 30 April, 2017 12:01 pm

धनगढी । नेपाली लेखक संघ कैलालीको आयोजनामा शनिवार धनगढीमा आयोजीत एक साहित्यिक कार्यक्रमका विच लेखक संघ कैलालीका सदस्य वेदप्रसाद जोशीको छन्द र अलंकार नामक पुस्तक विमोचन गरिएको छ ।

सोही कार्यक्रममा साहित्य प्रेमी, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई पनि संघले सम्मान गरेको छ । भट्ट आफै पनि देउडा प्रेमी रहेको र उनको शिक्षा  क्षेत्रमा योग्दान रहेको भन्दै संघले सम्मान गरेको लेखक संघ कैलालीका सचिव तीर्थराज पाण्डेयले बताए ।

नेपाली लेखक संघ कैलालीका सभापति गणेश नेपालीको समापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नं. ६ का सांसद पुष्करनाथ ओझा रहेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघका निवर्तमान जिल्ला सभापति भूपाल सिंह खड्का, बरिष्ठ साहित्यकार ज्योतिप्रकाश जोशी, युवा साहित्यकार तोयनाथ भट्टले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कृति माथि समिक्षा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ बाशुदेव पाण्डेय र समालोचक गणेशराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस