निर्वाचनका लागि मिल्नुको विकल्प छैन– नेता कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचनका लागि मिल्नुको विकल्प छैन– नेता कोइराला


१४ बैशाख २०७४, बिहिबार


नेपालगन्ज । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय निकायको निर्वाचनका लागि सबै पक्ष मिल्नुको विकल्प नभएको बताएका छन् ।

नेपाली काँग्रेस, बाँकेद्वारा बुधवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “सकेसम्म निर्वाचन एक चरणमा गरेको राम्रो, तर सहमति हुन्छ भने दुई चरणले पनि नोक्सानी कसैलाई गर्दैन ।”

नेता कोइरालाले जनताको अधिकारलाई राम्रोसँग बुझ्ने, त्यसलाई कार्यान्वयन तहसम्म पु¥याउने र जनताले लोकतन्त्रको अनुभूति जनप्रतिनिधिसहितको स्थानीय निकायबाट गर्ने भएकाले निर्वाचन हुने वातावरण बलियो बनाउन सबै पक्ष सकारात्मक हुन आवश्यक छ, भने ।

पार्टी जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा पूर्वजिल्ला अध्यक्ष युवराज शर्मा, पूर्वसांसद कृष्णसिंह परियार र नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष नारायणी रुपाखेतीले पार्टीको एकता निर्वाचनमा बिग्रन नहुनेतर्फ नेता सचेत हुनुपर्ने सुझाव दिएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस