३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षक भूषण र प्रणव टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

अ+ अ-

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले तनुज अग्रवाललाई ६-० र ६-० तथा प्रणवले विकास खड्कालाई ६-२ र ६-२ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा कुमार अधिकारीले कुवेहाङ चेम्जोङलाई ६-० र ६-०, दावा शेर्पाले अभिनव आचार्यलाई ६-० र ६-१, अनिल शाहीले सुब्रत बस्नेतलाई ६-१ र ६-१, सन्तोष खत्रीले प्रदीप खड्कालाई ६-४ र ६-४, जितेन्द्र परियारले रञ्जन श्रेष्ठलाई ६-० र ६-० तथा नवीन मगरले अदित सुवेदीलाई ७-५ र ६-० को सीधा सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनामा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, आत्माराम कार्की, विजय महर्जन, निरज थापा, कमल भण्डारी, राजन पौडेल, सुबोध अधिकारी र राजु श्रेष्ठ क्वाटरफाइनलमा पुगे ।

मिक्स डबल्समा संरक्षक र मायांका राना, नवीन मगर र प्रेरणा कोइराला, शक्ति शर्मा र गंगा शर्मा तथा श्रीराम मगर र इरा रावतको जोडी सेमिफाइनलमा पुग्न सफल भए । पुरुष डबल्समा कुमार र जितेन्द्र, विकास खड्का र प्रदीप खड्का, सन्तोष खत्री र दावा शेर्पा तथा श्याम जिसी र अन्जन थिङको जोडीले सेमिफाइनल यात्रा तय गरे । भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा राजु श्रेष्ठ र हेमराज ढकाल, निरज थापा र गोपी भट्टराई, आत्माराम कार्की र मनोज अरोरा, छेवाङ लामा र मनोज शाह, कमल भण्डारी र महेश श्रेष्ठ तथा निरेश श्रेष्ठ र धर्मरत्न शाहीको जोडी क्वाटरफाइनलमा प्रवेश गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जित आत्मासात् गर्दै पृथ्वी थकाली, दिलिप सिंह र ज्ञानेन्द्र ताम्राकार क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठ, उत्तम बोगटी र हेमचन्द्र गुरुङ, काजी गुरुङ र करिम उल्हा मुस्लिम, प्रेम थापा र भूअरुण मल्ल, सञ्जय अमात्य र धर्मरत्न शाही, प्रताप मोक्तान र कृष्णराज घले, लोक गुरुङ र धरम लामिछाने तथा पृथ्वीमान गुरुङ र पदम गुरुङको जोडीले क्वाटरफाइनलमा स्थान पक्का गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले, धरम लामिछाने, प्रदीप शाह र विकास गुरुङ क्वाटरफाइनलमा पुगे ।

प्रतिक्रिया दिनुहोस