मिर्गौला पीडितलाई सहयोग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मिर्गौला पीडितलाई सहयोग


११ बैशाख २०७४, सोमबार


काठमाडौँ । राष्ट्रिय खबर डटकमले मिर्गौला पीडित भरत थापालाई आइतवार एक लाख १५ हजार सहयोग उपलब्ध गराएको छ ।

सो संस्थाले विभिन्न स्रोतबाट रकम सङ्कलन गरी संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरेको छ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सहयोग पीडितलाई हस्तान्तरण गर्दै सञ्चार माध्यमले जनताका आवाज नीति निर्माता तहमा पु¥याउनुपर्नेमा जोड दिए ।

सूचनाको हक नागरिकको अधिकार भएको बताउँदै उनले भने, “लोकतन्त्रको बलियो आधार सूचना तथा सञ्चार क्षेत्र हो । यसले विश्वव्यापी वस्तुस्थितिलाई नागरिकसम्म पु¥याउँछ र नागरिकलाई चनाखो बनाउँछ ।”

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सत्य तथ्य समाचार तथा सूचनाले समाजलाई अग्रगतिमा लैजान सहयोग गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय खबर डटकमका सम्पादक मुकुन्द ढुङ्गाना, पर्यटन व्यवसायी दीपक महतलगायतले पर्यटन प्रवद्र्धनमा अनलाइन मिडियाको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

सो अवसरमा धार्मिक क्षेत्रमा लामो समय क्रियाशील भई साधना तथा आध्यात्मको माध्यमबाट समाज सेवा तथा शान्ति स्थापनामा योगदान गरेकी आनी भीमसुवा गुरुङलाई सम्मान गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस