काठमाडौं । साझा पार्टीले निरूपमा यादवलार्इ काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपमेयरकी उम्मेदवार यादव साझा पार्टीको केन्द्रीय संयोजन समितिकी सदस्य एवं अधिवक्ता हुन् ।
१५ वर्षदेखि अधिवक्ताको रूपमा कार्यरत यादवको उम्मेदवारीलाई तराई र काठमाडौंलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरिएको साझा पार्टीले जनाएको छ ।
साझा पार्टीले मेयरमा किशोर थापाको उम्मेदवारी घोषणा गरेपनि उपमेयरका लागि सहकार्यका लागि राजनीतिक सम्वाद गरेको थियो । तर, त्यो सम्भावना टरेको र समयको चापका कारण पार्टीले थप समय नखर्चने निर्णय लिएको उसले बताएको छ ।