मोर्चासँगको समझदारी राजनीतिक गतिरोधको निकासका लागि कोसेढुङ्गा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोर्चासँगको समझदारी राजनीतिक गतिरोधको निकासका लागि कोसेढुङ्गा


१० बैशाख २०७४, आइतबार


विराटनगर । उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चासँगको समझदारी राजनीतिक समाधानका लागि कोसेढुङ्गा साबित हुने बताएका छन् ।

राप्रपा मोरङद्वारा आइतवार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको बताए । उनले समझदारी इमान्दारीपूर्वक कार्यान्वयन भए मुलुकमा देखिएको लामो समयसम्मको गतिरोध अन्त्य दावी गरे ।

उनले केन्द्रित दल संविधानतः राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेपछि मुलुकमा प्रजातन्त्र स्थायित्व हुनाका साथै शान्ति र मुलुकले विकासको गति अगाडि बढ्ने बताए ।

नेकपा एमालेलाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयनमा जाने स्पष्ट पार्दै थापाले संविधान कार्यान्वयनका लागि मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कार्यमा एमाले बाधक नबन्ने विश्वास व्यक्त गरे ।

दोस्रो चरणको निर्वाचनका लागि मिति तय हुने जानकारी गराउँदै उनले निर्वाचन आयोगले व्यावहारिक रुपमा दर्ता भएका दललाई एकै चुनाव चिह्न प्रदान गर्नुपर्ने बताए । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सिद्धान्ततः देशभरि जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या कायम गर्नुपर्ने भए पनि अहिले मोर्चाको माग सम्बोधन गर्न केही प्रदेशमा मात्रै सङ्ख्या थप हुने प्रस्ट पारे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस