करेन्ट लागेर युवकको मृत्यु « प्रशासन
prasaLogo
९ बैशाख २०७४, शनिबार

करेन्ट लागेर युवकको मृत्यु


प्रकाशित मिति : 22 April, 2017 5:59 pm

कैलाली । कैलालीको अत्तरियामा सनिवार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अत्तरियास्थित धनगढी रोडमा रहेको बुद्ध डेन्टल अस्पतालको छतमा करेन्ट लागेर १६ वर्षीय झलक भाटको मृत्यु भएको हो ।

भाटको करेन्ट लागेर गम्भीर घाइते अवस्थामा सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माताखेतीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस