लाली गुराँस बनभरी रातै फूलेको बेला
फुलको परागमा भमराहरू भुलेको बेला
प्रिय तिमी सुटुक्क लुकी आउ है साँच्चै
कालो बादल फाटी आकाश खुलेको बेला
मनको हाम्रो बगैँचा कति सुन्दर थियो है
तिमी र म बिच प्रेमको साईनो चुलेको बेला
तिमीलाई अनयासै भेट्न पुगेछु अंधेरीमा
मेरो मन मलाई छोडी अन्तै डुलेको बेला
चोखो प्रितमा धोका हुन्छ थाहै थिएन मलाई
हामी दुबै चिनी जस्तै पानीमा घुलेको बेला