युवा नेतृत्व विकाससम्बन्धी सम्मेलन सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युवा नेतृत्व विकाससम्बन्धी सम्मेलन सम्पन्न


प्रशासन संवाददाता

७ बैशाख २०७४, बिहिबार


काठमाडौँ । दिगो विकासका लागि नैतिक तथा सिर्जनशील युवा नेतृत्व विकाससम्बन्धी एकदिने युवा सम्मेलन सम्पन्न भएको छ ।

ग्लोवल पिस फाउन्डेसन नेपालको आयोजनामा बिहीवार भएको सम्मेलनमा गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, पानी र सरसफाइ, शन्ति र सुरक्षा, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले देश विकासका लागि आउने बजेटमा युवा लक्षित कार्यक्रम तथा नीति ल्याउनु जरुरी रहेको बताए । उनले योजना तर्जुमामा युवाको भूमिका कम भएकाले युवा कार्यक्रम सञ्चालन हुन नसकेको स्पष्ट पारे ।

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउनका लागि अनुसन्धान तथा अविस्कारलाई प्राथमिकता दिनुपर्ने बताए । उनले देशमा उत्पादन भएको जनशक्ति विदेशिएको भन्दै स्वदेशमै राम्रो अवसर प्रदान गरेमात्र विदेशीने युवाको सङ्ख्यामा कमी आउने स्पष्ट पारे ।

फाउन्डेसनका अध्यक्ष इञ्जिनियर रामरोहन पन्तले दिगो विकासको लक्ष्यलाई पुरा गर्न लागि सत्र बुँदामध्ये कुनै एउटा बुँदालाई आत्मासात् गरी त्यसलाई व्यवहारमा उतारेमात्र सफलता हासिल गर्न सकिने बताए ।
सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, फिलिपिन्स, रोमानिया, चीन, अमेरिका, मलेसिया, मेक्सिकोलगायत देशका १५० युवाको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस