योगको साधनाले अलौकिक शक्ति प्राप्त हुन्छ’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

योगको साधनाले अलौकिक शक्ति प्राप्त हुन्छ’


५ बैशाख २०७४, मंगलबार


काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीले ध्यान, ज्ञान र योगको साधनाले मानिसलाई अलौकिक शक्ति प्राप्त हुने बताएका छन् ।

स्वयम्भूस्थित त्रिकुटा गुरुधाम नेपालको नवनिर्मित भवनको उद्घाटन समारोहमा उनले मन र शरीरलाई जोड्ने काम योगले गर्ने बताउँदै ध्यान तथा ज्ञानले विश्व ब्रह्माण्डको खोजी गर्न सक्ने बताए ।

गुरु त्रिकुटानन्दले सर्वसाधारण मानिसमा आउने नकारात्मक तरङ्गलाई न्यूनीकरण गर्न योग तथा ध्यानको महत्व रहेको बताउँदै आहारविहारमा सन्तुलन कायम राखेमा स्वस्थ्य बन्न सकिने बताए ।

त्रिकुटा गुरुधाम नेपालका अध्यक्ष रेवतीरमण अधिकारीले आध्यात्मिक चिन्तन तथा अभ्यासबाट मानिसले बुद्धत्व प्राप्त गर्न सकिने विचार व्यक्त गरे । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको गुरुधाममा विभिन्न योग तथा साधनाका साथै ‘एक कदम सत्ययुगतिर’ भन्ने अभियान सञ्चालन गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस