नेपाल–चीन संयुक्त सैन्य तालिम शुभारम्भ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल–चीन संयुक्त सैन्य तालिम शुभारम्भ


३ बैशाख २०७४, आइतबार


काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजहरुबीच पहिलोपटक आइतवारदेखि संयुक्त तालिम सुरु भएको छ ।

महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको उक्त संयुक्त तालिमलाई ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ नाम दिइएको छ ।

व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठले उक्त संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने यो तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुने बताए ।

चिनियाँ जनमुक्ति सेनाकातर्फबाट कर्णेल याङ सुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे उल्लेख गर्दै भने, “यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतङ्कवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुनेछ ।” रासस

प्रतिक्रिया दिनुहोस