टर्की र रुसका राष्ट्रपतिद्वारा सिरियाबारे छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टर्की र रुसका राष्ट्रपतिद्वारा सिरियाबारे छलफल


प्रशासन संवाददाता

२ बैशाख २०७४, शनिबार


अङ्करा(एजेन्सी) । टर्कीका राष्ट्रपति रेसेप तायीप इर्डोगान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिरियाका बारेमा छलफल भएको छ ।

टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुले सिरियामा देशव्यापी युद्धविराम गराउन संयुक्त रुपमा सकारात्मक पहल गर्नुपर्ने बारेमा छलफल गर्नुभएको टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कतिपय मामिलामा टर्की र रुसले सहकार्य गर्नुपर्नेमा दुवै देशका नेताहरुले जोड दिएका कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हालसालै मात्र सिरियाको इडलिबमा भएको रासायनिक हमलाका बारेमा फेरी स्वतन्त्र रुपमा अनुसन्धान तथा छानबिन गर्न पनि दुवै देशका नेताहरुले माग गरेका छन् ।

दुई देशको आर्थिक तथा राजनीतिक अवस्थालाई सुधार्न आपसी सम्बन्धलाई तिब्र रुपमा थप मजबुत बनाउने बारेमा पनि नेताहरुले छलफल गरेका अधिकारीहरुले जनाएका छन् ।

तर गत अप्रिल ६ का दिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आतङ्कबादविरुद्धको लडाई भन्दै सिरियाको इडलिबमा रासायनिक आक्रमण भएको विषयमै उनीहरुको छलफल बढी केन्द्रित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस